सोमबार, फागुन ११, २०८२

इस्लिङ्गटन कलेज एस्पायर २०२२ सम्पन्न

मेरोन्यूज २०७९ असोज ५ गते १३:२४

काठमाडौं । इस्लिङ्गटन कलेजले अन्तर कलेज एस्पायर २०२२ कार्यक्रम सम्पन्न गरेको छ । भविष्यमा नेतृत्वकर्ताले चुनौतीपूर्ण वातावरणमा कसरी काम गर्न सक्छन् भन्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

अन्तर कलेज व्यवसायिक कार्यक्रममा १२ वटा कलेजले सहभागिता जनाएक। थिए । बिबिए र बिआइटीका विद्यार्थीहरुले संयुक्त रुपमा संचालन गरेको कार्यक्रम ३ दिनसम्म सञ्चालन भएको थियो ।

कार्यक्रममा ऐस इन्स्टिीच्युट अफ म्यानेजमेन्ट, काठमाडौं कलेज अफ म्यानेजमेन्ट, ऐपेक्स कलेज, विराटनगर इन्टरनेशनल कलेज, इटहरी इन्टरनेशनल कलेज, इनफर्ममेटिक्स कलेज पोखरा, हेरल्ड कलेज काठमाडौं, प्राइम कलेज, ब्रिटिश कलेज, नामि कलेज र स्याम कलेजहरुले सहभागिता जनाएका थिए ।

सहभागीको सिप परिक्षण गर्नको लागि कार्यक्रमलाई स्र्टाटअप आइकन, सीइओ अफ द इयर, द अल्फा एन्यालिस्ट, द ग्लोबल एडभोकेट, मार्केटिङ्ग मेस्ट्रोस र द एस्पायरिङ्ग रेस गरेर ६ वटा विधामा डिजाइन गरिएको थियो ।

कार्यक्रमको अन्तिम दिन ‘अ डे इन ब्रिटेन’ थिममा बेलायती तरिकाले सबै गतिविधीहरु देखाईको कलेजले जानकारी दिएको छ । कार्यक्रममा मनोरञ्जनात्कम गतिविधि, स्टलहरूका साथै विद्यार्थीहरुको प्रस्तुती राखेका थिए ।

भव्यताका साथ सम्पन्न भएको कार्यक्रममा इस्लिङ्गटन कलेज एस्पायर २०२२ को उपाधि विराटनगर इन्टरनेशनल कलेज ले जितेको छ । कलेजले हरेक वर्ष उक्त कार्यक्रम गर्दै आएको छ । उक्त कार्यक्रमले अतिरिक्त क्रियाकलापका साथै उधोगको लागि तयार हुन सहयोग हुने जनाएको छ ।

प्रतिक्रिया