नवौं राष्ट्रिय खेलकुदमा सशस्त्रका ५३४ खेलाडी सहभागी हुने, ३१ विधामा भाग लिने
मेरोन्यूज
२०७९ असोज १० गते ८:०२

काठमाडौं / नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को रनिङ ट्रफी सशस्त्र प्रहरी बलको हेडक्वार्टरमा प्रदर्शन गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा हल्चोकमा ट्रफी प्रदर्शन गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषदको आयोजनामा २८ असोजदेखि ३ कात्तिकसम्म गण्डकी प्रदेशको पोखरामा संचालन हुने ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को रनिङ ट्रफी सातै प्रदेश तथा तीन विभागीय टीममा प्रदर्शन गरिने योजना छ ।
अर्यालले रनिङ ट्रफीलाई विजयको प्रतिकको रुपमा लिइ एपिएफ क्लबबाट सहभागी हुने खेलाडीले उच्च मनोबलका साथ पूर्ण क्षमता र खेल भावनाको अनुशरण गरी खेल्नुपर्ने बताए ।
पोखरा लगायत आसपासका जिल्लामा संचालन हुने प्रतियोगितामा ३६ खेल विधा समावेश हुनेछ । प्रतियोगितामा एपिएफ क्लबबाट ३१ खेल विधामा ५३४ जना खेलाडीको सहभागिता रहने जनाइएको छ ।
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया