१६.२९ गुणा बढी आवेदन परेको सिक्लेस हाइड्रोको आईपीओ बाँडफाँड भोलि

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको आईपीओ असोज ११ गते भोलि बाँडफाँड हुने भएको छ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार भोलि बिहान ९ बजे शेयर बाँडफाँड हुनेछ ।
कम्पनीको आईपीओमा १५ लाख ३८ हजार ८३८ वटा आवेदनबाट १ अर्ब ७२ करोड ४४ लाख ३८ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ४४ हजार ३८० कित्ता शेयरको लागि आवेदन परेको छ ।
यो सर्वसाधारणलाई निष्कासन गरेको १० लाख ५८ हजार कित्ता शेयरको १६.२९ गुणा बढी हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता शेयर निष्कासनमा ल्याएको हो ।
त्यसमध्ये ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि र ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँड गरिएको छ । बाँकी १० लाख ५८ हजार कित्ता शेयर मात्रै सर्वसाधारणको लागि वितरण हुनेछ ।
कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्यनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ३ कम्पनीको शेयर पाउनेछन् ।

















पश्चिम दाङका विकट स्थानका दुई अतिसंवेदनशील मतदानस्थलको अनुगमन
आईसीसी टी–२०विश्वकपः सुपर आठमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै
मौसम पूर्वानुमान: आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
सम्बोधनअघिको दबाबमा ट्रम्प
प्रतिक्रिया