मंगलबार, फागुन १२, २०८२

केएल टावरको ‘रमाइलो दशैं तिहार’ योजना

दुबई ट्रिपदेखि मोटरसाइकल उपहार

मेरोन्यूज २०७९ असोज १० गते १३:०१

काठमाडौं । केएल टावरले दशैं तिहारका लागि उपहारै उपहार सहितको ‘रमाइलो दशैं तिहार’ उपहार योजना सुरु गरेको छ । योजना अन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु पाउने छन् ।

Advertisement
nepal life insurencenepal life insurence

केएल टावरका अनुसार दैनिक उपहार योजना अन्तरगत हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, सफारी ब्याग, डिएचआई भ्याकूम क्लिनर, मिक्चर, राइस कुकर लगायत एक हजार रुपैंया बराबरको शपिङ भौचरका साथै आकर्षक उपहारहरु उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

त्यसैगरी साप्ताहिक रुपमा डिएचआई ब्राण्डको वासिङ मेशिन, डिएचआई ४३ इन्चको टेलिभिजन, १७० लिटरको रेफ्रिजिरेटर, डिलक्स राइस कुकर, वाटर डिस्पेन्सर, सफारी लगेज, टाइमेक्स घडी तथा सर्टिङ सुटिङ्ग लगायतका घरायसी सामग्री उपलब्ध गराइनेछ ।

बम्पर उपहारमा एक जनालाई ४ रात ५ दिनको दुवई भ्रमणको प्याकेज उपलब्ध गराइने मेला संयोजक हीरामणी तिमिल्सिनाले जानकारी दिए । त्यस्तै बम्पर उपहारमा यामाहाको एफजेडएस एफआई मोटरसाइकल बितरण गरिने उनको भनाई छ ।
उपहार योजनामा सहभागि हुनका लागि कम्तीमा एक हजार रुपैयाँ बराबरको सामान खरिद गर्नुपर्ने हुन्छ । हजार वा सोभन्दा बढीको सामान खरिद गरे पछि उपभोक्तालाई उपलब्ध गराइने कुपनका आधारमा गोलाप्रथाद्वारा उपहार विजेता चयन गरिने मेला संयोजक तिमिल्सिनाले जानकारी दिए ।

चाडपर्वका बेला उपभोक्तालाई प्रोत्साहित गर्ने उद्धेश्यका साथ केएल टावरले उपहार योजना सञ्चालन गरेको हो । असोज ५ गतेदेखि सुरु भएको उपहार योजना कात्तिक ३० गतेसम्म चल्नेछ ।

टावरमा पचास वटा पसल, ग्रोसरी, फुडकोर्ट, तीनवटा एफ क्युव सिनेमा हल, बालबालिका र युवाका लागि छुट्टाछुट्टै गेमजोन, सामसुङ प्लाजा, फर्निचर सोरुम लगायतका पसल सञ्चालनमा छन् ।

प्रतिक्रिया