मकवानपुमा मतदाता संख्या बढ्यो

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मकवानपुरमा मतदाताको संख्यामा वृद्धि भएको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ ।
निर्वाचनका लागि अहिले मतदाताको संख्यामा वृद्धि भएर तीन लाख ७३३ मतदाता पुगेको सो कार्यालयका प्रमुख लुम्वनाथ पोखरेलले बताए । वैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनमा दुई लाख ९४ हजार ९१९ जना मतदाता थिए ।
मकवानपुरमा अहिले पाँच हजार ८१४ मतदाता थपिएको बताइएको छ । मकवानपुरमा एक लाख ५३ हजार ५२८ पुरुष र एक लाख ४७ हजार दुई सय महिला तथा पाँच तेस्रो लिङ्गी रहेको बताइएको छ । मकवानपुरमा प्रतिनिधि तथा प्रदेशसभाका लागि १६७ वटा मतदानस्थल तथा ३६४ वटा मतदान केन्द्र रहको छ ।
आगामी असोज १५ गतेदेखि २० गतेसम्ममा दुई वटा प्रतिनिधिसभा क्षेत्र रहको मकवानपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने कार्यालयले जनाएको छ । निर्वाचनका लागि हाल जिल्लामा म्यादी प्रहरीको छनोट कार्य भइरहको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

















One more Election Policeman dies in Baitadi
9 days left to go for HoR polls: EC reminds stakeholders of Election Code of Conduct
मिथिला मध्यमा परिक्रमाको महोत्तरी यात्रा पूरा , यात्री धनुषा प्रस्थान
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सम्बोधनअघिको दबाबमा ट्रम्प
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
प्रतिक्रिया