डेङ्गु रोग पीडितको सहयोगार्थ हेल्थ एट होमले सुरु गर्यो रुक्तदान अभियान

काठमाडौं । घरघरमै पुगेर स्वास्थ्य सेवा दिँदै आएको हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रा.लि.ले डेङ्गु रोग पीडितको सहयोगार्थ रक्तदान अभियान सुरु गरेको छ । राजधानी काठमाडौ लगायत देशभर डेङ्गु रोगको प्रकोप बढिरहेका बेला हेल्थ एट होमले पाटन जेसिज,नेपाल भेन्टिलेटर सेवा र सघन क्रिटिकल केयर सँगको संयुक्त आयोजनामा रक्तदान शिविर सञ्चालन गरेको हो ।

मुलुकभर डेङ्गुका बिरामी बढिरहेका बेला उनीहरुलाई रगतको पनि आवश्यकता पर्न सक्छ । प्रकोप बढिरहेका बेला कोसैलेपनि रगत अभावमा आफ्नो ज्यान गुमाउनु नपरोस् भन्ने उदेश्यले आफुहरुले संयुक्त रुपमा रक्तदान अभियान सञ्चालन गरेको हेल्थ एट होमकी एचआर एण्ड अपरेशन म्यानेजर डेजी नापितले बताए ।
यो अभियान दुई सातासम्म सञ्चालन हुनेछ । हेल्थ एक होमको प्राङ्गढबाट सुरु भएको रक्तदान अभियान राजधानीका विभिन्न स्थानमा सञ्चालन हुने पाटन जेसिजका अध्यक्ष प्रवेश मल्लले बताए ।

हेल्थ एट होमले विभिन्न समयमा रक्तदान शिविर सञ्चालन गर्दै आएको छ । साथै हेल्थ एट होमले अहिले डेङ्गु रोग पीडितलाई निशुल्क स्वास्थ्य परामर्श सेवा समेत उपलब्ध गराउँदै आएको छ । हेल्थ एट होमले बीरामीलाई आवश्यक परामर्श, उनीहरुले स्वस्थ हुन अवलम्बन गर्नुपर्ने कुराहरुका विषयमा निशुल्क परामर्श सेवा दिइरहेको छ । साथै यदि विरामी अस्पताल जान नसक्ने अवस्था आएमा र घरमै स्वासथ्य सेवा आवश्यक परेमा समेत स्वास्थ्य उपचारको व्यवस्था मिलाएको छ ।
कम्पनीले यसअघि काोभिड महामारीको समयमा समेत निशुल्क स्वास्थ्य परामर्शको व्यवस्था मिलाएको थियो भने घरघरमै पुगेर उपचार गर्ने व्यवस्था समेत मिलाएको थियो ।

















One more Election Policeman dies in Baitadi
9 days left to go for HoR polls: EC reminds stakeholders of Election Code of Conduct
मिथिला मध्यमा परिक्रमाको महोत्तरी यात्रा पूरा , यात्री धनुषा प्रस्थान
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सम्बोधनअघिको दबाबमा ट्रम्प
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
प्रतिक्रिया