मनास्लु हिमपहिरोमा परी १ जनाको मृत्यु, १५ जना घाइते
मेरोन्यूज
२०७९ असोज १० गते १८:१४

काठमाडौं । मनास्लु हिमालमा हिमपहिरो जाँदा एक जनाको मृत्यु भएको छ । हिमाल आरोहणका लागि बिदेशी पर्यटकसँगै सहयोगीको रुपमा गएका अनुप राईको ज्यान गएको हो । चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरमा गएको हिमपहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने करिब१५ जना घाइते भएका गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । मानवीय क्षतिबारे यकिन विवरण भने आइनसकेको जानकारी दिदै उनले उद्धारमा समस्या भएको बताए ।
उनले घटनास्थलतर्फ कैलाश हेलिकप्टर गएको तर खराब मौसमका कारण उद्धारमा कठिनाइ भएको बताए । कैलाश हेलिकोप्टरका श्रीहरि कुइँकेलले दिउँसो १ बजे नै हेलिकप्टर सामागाउँमा पुगेको तर खराब मौसमका कारण उद्धारको काम हुन नसकेको जानकारी दिए ।
सम्बन्धित

















अमेरिकामा भीषण हिमपात :५ हजारभन्दा बढी उडान रद्द,६ लाख घरमा विद्युत अवरुद्ध
पश्चिम दाङका विकट स्थानका दुई अतिसंवेदनशील मतदानस्थलको अनुगमन
आईसीसी टी–२०विश्वकपः सुपर आठमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै
मौसम पूर्वानुमान: आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
सम्बोधनअघिको दबाबमा ट्रम्प
प्रतिक्रिया