चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरण योजना सार्वजनिक
काठमाडौँ । नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौँडा कास्कीले चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरण योजना सार्वजनिक गरेको छ ।
प्रहरीको कार्ययोजना अनुरुपका कार्यक्रम सञ्चालन गरी ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त गराइ चाडपर्वमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण गरी आमनागरिकलाई सुरक्षित राख्नु कार्य योजनाको मुख्य लक्ष्य रहेको प्रवक्ता प्रनाउ इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
उनका अनुसार चाडपर्वमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने, सडक प्रयोगकर्तामा ट्राफिक चेतनाको विकास गर्ने, सवारीसाधनको प्रयोग गरी हुने अपराध नियन्त्रण गर्ने, सडक यातायातलाई सुरक्षित बनाइ यात्रुमैत्री सहज वातावरण मिलाउने, सवारी जाम हुन गर्न नदिनुका साथै सम्भावित कोभिड १९ र डेङ्गुको सङ्क्रमणको खतराबाट सर्वसाधरणलाई सुसुचित गराइ जोखिम न्यूनीकरण गर्नु कार्ययोजनाको मुख्य उद्देश्य छ ।
कार्य योजनाका अनुरुप गण्डकी प्रदेशका ११ वटै जिल्लामा ३६० जना सुरक्षाकर्मी परिचालन गरिने प्रहरीले जनाएको छ ।

















One more Election Policeman dies in Baitadi
9 days left to go for HoR polls: EC reminds stakeholders of Election Code of Conduct
मिथिला मध्यमा परिक्रमाको महोत्तरी यात्रा पूरा , यात्री धनुषा प्रस्थान
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
बैतडीमा निर्वाचन प्रहरीको निधन
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सम्बोधनअघिको दबाबमा ट्रम्प
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
प्रतिक्रिया