‘तीनपटक कालोसूचीमा परेकाको अनुमतिपत्र रद्द हुनु आवश्यक छ’

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले निर्माणमा ढिलाइ गर्ने व्यवसायीलाई कारबाही गर्न तीन पटकसम्म कालोसूचीमा परेको व्यवसायीको अनुमतिपत्र रद्द हुने कानुनी व्यवस्था आवश्यक रहेको बताए ।
पूर्वाधार क्षेत्रमा कार्यरत पत्रकारसँगको छलफलमा मन्त्री राईले काम नगर्ने निर्माण कम्पनी अदालत जाँदा अन्तरिम आदेश दिने र लामो समय काम ठप्प हुने अवस्था रहेको बताए । उनले विभागले गर्ने ठेक्कामा ललितपुर उच्च अदालतले र अरु तहको पनि क्षेत्राधिकार तोकिएको भए पनि त्यसअनुसार नभएको बताएका थिए ।
विभागले गरेका ठेक्कामा जिल्ला र उच्च अदालत दुवैतिर मुद्दा दर्ता हुने गरेको उनले बताए । उनले भने, ‘एउटै मुद्दा एकभन्दा बढी अदालतमा जाँदा कतै न कतै आदेश आउने गर्दा पनि काम रोकिएको छ ।’
आफूले मन्त्रालयको जिम्मेवारी सम्हाल्दासम्म ८० भन्दा बढी सडकका ठेक्का रुग्ण भएकामा अहिले त्यो ३०÷३१ मा झरेको मन्त्री राईले बताए । ठेक्का लिने समयमा काम नगरेर विभाग वा सम्बन्धित योजनाले कालोसूचीमा राखे पनि अदालतमा मुद्दा परेपछि कुनै न कुनै अदालतले अन्तरिम आदेश दिएर रोक्ने गरेको छ ।
पाँच वर्ष उसले त्यो रकम चलाउन पाउने हुँदा पनि त्यही कुरा दोहोरिरहेको उनले बताए । उनले भने, ‘त्यो रोक्नका लागि पनि कानुनको पुनःलेखन जरुरी छ ।’
जताबाट इञ्जिनीयरिङ विषय पास गरेपनि सोझै प्रमाणपत्र पाएकाले त्यो नियन्त्रणका लागि इञ्जिनियरिङ काउन्सिलसम्बन्धी ऐनमा परीक्षाको व्यवस्था गरिएको उनले बताए । उनका अनुसार योग्यता र क्षमताका आधारमा परीक्षा लिएर मात्रै इञ्जिनियर लेख्न र सेवा दिन पाउने व्यवस्था व्यवस्था गरिएको छ ।
काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात व्यवस्थापनमा तीन तहले एउटाले अर्कोको जिम्मेवारी देखाएर पन्छन् खाजेकाले काठमाडौँ उपत्यका यातायात व्यवस्थापन ऐन ल्याइएको मन्त्री राईले बताए । उपत्यकामा सङ्घबाट व्यवस्थापन हुने गरी भौतिक मन्त्रालयका सचिव, मन्त्रालयको यातायात महाशाखा प्रमुख र यातायात व्यवस्था विभागका महानिर्देशक पदेन सदस्य हुनेगरी प्राधिकरणको व्यवस्था गरिएको छ ।
प्राधिकरणमा काठमाडौँ महानगरपालिका प्रमुख अध्यक्ष र ललितपुरका उपाध्यक्ष र बाँकी नगरपालिकाका प्रमुख वा उपप्रमुख सदस्य हुने व्यवस्था र एक जना प्रशासक सङ्घले नियुक्त गर्ने व्यवस्था रहेको उहाँले बताए । मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले मन्त्रालयले साना सडकमा ध्यान दिनुपर्दा ठूला आयोजनामा कम ध्यान जाने बताएका थिए ।
मन्त्रालयको कार्यक्षेत्रमा सङ्घीय सडक योजना मात्रै भए पनि थोरै बजेटका सडक योजना हेर्न परिरहेको उनको भनाइ छ । पछिल्लो महिनामा तीन महत्वपूर्ण ऐन पारित भएको उनले बताए ।

















पश्चिम दाङका विकट स्थानका दुई अतिसंवेदनशील मतदानस्थलको अनुगमन
आईसीसी टी–२०विश्वकपः सुपर आठमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै
मौसम पूर्वानुमान: आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
प्रतिक्रिया