निर्वाचन खर्च नबुझाउने उम्मेदवारमाथि कारबाही

काठमाडौँ । भोजपुरबाट स्थानीय तह निर्वाचन खर्च विवरण नबुझाउने ६८४ जना कारबाहीमा परेका छन् । निर्वाचन आयोगले तोकेको समयमा खर्च विवरण नबुझाउने कारबाहीमा परेका हुन् ।
भदौमा सूचना प्रकाशन गरेर सात दिनभित्र स्पष्टीकरण माग गरिएकोमा चित्त नबुझेपछि ऐनअनुसार जरिवाना तोएिको जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ । आयोगले तोकेअनुसारको जरिवानाबापतको रकम बुझाएमा राज्य कोषमा अध्यक्ष, उपाध्यक्षबाट ५६ लाख र गाउँपालिका वडाध्यक्षसहित अन्य सदस्यबाट छ करोड ९९ लाख राजस्व सङ्कलन हुने देखिन्छ ।
एक सय ९७ जना नगरपालिका वडाध्यक्ष, सदस्य, महिला सदस्य र दलित सदस्यले निर्वाचन खर्च नबुझाएको कार्यालयले जनाएको छ । त्यस्तै, नगरपालिका प्रमुख, उपप्रमुख उम्मेदवार बनेका पाँच जनाले पनि खर्च विवरण बुझाएका छैनन् ।
नगरपालिका प्रमुख, उपप्रमुखका उम्मेदवारबाट २२ लाख ५० हजार र नगरका वडाध्यक्ष तथा अन्य सदस्यबाट तीन करोड ३९ लाख जरिवाना उठ्ने आयोगले जनाएको छ ।

















बैतडीमा निर्वाचन प्रहरीको निधन
कांग्रेसकाे तर्फबाट राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग
अमेरिकामा भीषण हिमपात :५ हजारभन्दा बढी उडान रद्द,६ लाख घरमा विद्युत अवरुद्ध
पश्चिम दाङका विकट स्थानका दुई अतिसंवेदनशील मतदानस्थलको अनुगमन
आईसीसी टी–२०विश्वकपः सुपर आठमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सम्बोधनअघिको दबाबमा ट्रम्प
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
प्रतिक्रिया