सांसदहरू दलको कब्जामा पुगे : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सांसदहरू आफै गैरसंसदीय क्रियाकलापमा लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
नेपाल कानुन समाजले मंगलबार काठमाडौँमा आयोजना गरेको ‘संघीय संसदको पाँच वर्षः एक सिंहावलोकन अनुगमन तथा परीवेक्षण प्रतिवेदन’माथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सांसदहरू दलको कब्जामा रहँदा संघीय संसदले पाँच वर्षे कार्यकालमा जनताले अनुभूति गर्ने गरी कानुन निर्माणको काम गर्न नसकेको बताए । उनले विकास, निर्माणको काममा बढी ध्यान दिनु पर्ने भएकाले पनि सांसदले कानुन निर्माणको काममा ध्यान दिन नसकेको आरोप लगाए ।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रअनुसार मुलुकमा रुपान्तरण भएन, जनताले अनुभूति गर्न सक्ने लेवलको काम संसदबाट भएन, त्यसैले यो परिवर्तनको अनुभूति गर्ने बिन्दुमा जसरी ऐनहरू आउनु पथ्र्यो, भएन । त्यो बाध्यतालाई हामीले संसदलाई गैर संसदीय क्रियाकलापमा त लग्दैनौं ? हामीले सांसदहरुलाई गैर संसदीय बनाइराखेका छैनौं ? मलाई यो डर छ ।’
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले संसदलाई गैर संसदीय प्रक्रियामा लैजाने काम नगर्न राजनीतिक दलहरूलाई आग्रह गरे ।

















One more Election Policeman dies in Baitadi
9 days left to go for HoR polls: EC reminds stakeholders of Election Code of Conduct
मिथिला मध्यमा परिक्रमाको महोत्तरी यात्रा पूरा , यात्री धनुषा प्रस्थान
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
बैतडीमा निर्वाचन प्रहरीको निधन
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सम्बोधनअघिको दबाबमा ट्रम्प
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
प्रतिक्रिया