शुक्रबार, वैशाख १८, २०८३

फिलिपिन्समा कोरोनाबाट थप ३४ को मृत्यु

मेरोन्यूज २०७९ असोज १३ गते २१:२०
फाइल फाेटाे

काठमाडौँ । फिलिपिन्समा कोरोना भाइरसका कारण थप ३४ जनाको मृत्यु भएको छ ।

Advertisement
NiccNicc

पछिल्लो एक दिनमा दुई हजार ५३६ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ । योसँगै फिलिपिन्समा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ९४ लाख पाँच हजार ५६६ पुगेको छ ।

स्वास्थ्य विभागले दिएको जानकारी अनुसार अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने २८ हजार १७२ रहेको छ ।

फिलिपिन्समा कोरोना भाइरसले अहिलेसम्म ६२ हजार ९६१ जनाको मृत्यु भएको विभागका अधिकारीले जानकारी दिएका छन् । झण्डै एक करोड ३० लाख जनसङ्ख्या रहेको राजधानी मनिला महानगर क्षेत्रमा मात्रै पछिल्लो एक दिनमा एक हजार १४९ जना सङ्क्रमित भएका छन् ।

महानगरका १७ क्षेत्रमध्ये १३ क्षेत्रमा सङ्क्रमणको प्रभाव धेरै देखिएको स्वास्थ्य उपसचिव मारिया रोसारियो भेर्गेइरले जानकारी दिए । मनिला महानगरलाई सरकारले कोरोना भाइरसको महामारीको संवेदनशील क्षेत्रका रुपमा वर्गीकरण गरेको छ ।

प्रतिक्रिया