रुसमा गाभिए युक्रेनका चार क्षेत्र

काठमाडौँ — रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चारवटा भूभाग रुसमा गोभिएको घोषणा गरेका छन् । राजधानी मस्कोमा आयोजित कार्यक्रममा रुसी राष्ट्रपति पुटिनले लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेर्सन क्षेत्र रुसमा गाभिएको घोषणा गरे ।
पुटिनले चारवटा क्षेत्र रुसी महासंघको नयाँ क्षेत्र भएको दाबी गरेका छन् । उनले त्यस क्षेत्रमा बसोबास गर्ने दसौं लाख मानिसको चाहनामा त्यस्तो निर्णय गरेको बताए । ‘परिणाम सबैलाई राम्रोसँग जानकारी छ,’ पुटिनले भने, ‘जनताले आफ्नो चाहना व्यक्त गरेका छन् ।’ रुसी राष्ट्रपति पुटिनले भनेको जनमतसंग्रहलाई पश्चिमा राष्ट्र र अन्तर्राष्ट्रिय कानुनका ज्ञाताहरूले भर्त्सना गरेका छन् ।
‘संघीय संसद्ले यी चारवटा नयाँ क्षेत्रलाई रुसी महासंघको नयाँ विषय भएकोमा समर्थन गर्नेमा निश्चित छु, किनभने यो दसौं लाख मानिसको चाहना हो,’ पुटिनले भने । पुटिनले मतपरिणाम दिनेहरूको प्राकृतिक अधिकार भएको पनि बताए । साथै इतिहासमा पुस्तौंदेखि रुसीहरूले यो भूभागका लागि लडेको दाबी गरेका छन् ।
कार्यक्रममा रुसले त्यस क्षेत्रमा नियुक्त गरेका ४ जना अधिकारीहरूले विलय सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए । तर रुसी राष्ट्रपति पुटिनले सोभियत संघलाई पुनर्स्थापित गर्न नखोजेको बताएका छन् । सन् १९९१ मा सोभियत संघ विघटनपछि युक्रेन देशको रुपमा उदाएको थियो ।
















परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
चितवन अटो शो मा फोटोन नेपालको विशेष कमर्शियल मोबिलिटी अफर
सन नेपाल लाइफको सहकार्यमा छैटौँ इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना हुँदै
Unorganized settlers being evacuated from Balkhu and Banshighat areas
श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा कामको घोषणा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया