सोमालियामा अल–शबाबका वरिष्ठ नेता मारिए
कारबम विष्फोटमा नौ जनाको मृत्यु

मोगादिशु । सोमालियाली राष्ट्रिय सेना (एसएनए) र अन्तर्राष्ट्रिय साझेदार सेनाको संयुक्त कारबाहीमा अल–शबाब आतङ्ककारी समूहका एक शीर्ष नेताको मृत्यु भएको सोमालियाली सरकारले सोमबार पुष्टि गरेको छ ।
सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले अल–शबाब आतङ्ककारी समूहका सह–संस्थापक अब्दुल्लाही नादिरबारे जानकारी दिने व्यक्ति वा संस्थालाई ३० लाख अमेरिकी डलर को इनाम रहेको थियो । सरकारी अधिकारीका अनुसार उनी शनिबारको कारबाहीमा मध्य जुब्बा क्षेत्रको हरामका गाउँमा मारिएका छन् ।
नादिरअल–शबाबमा विभिन्न पदहरूमा थिए जसले सोमाली सरकारलाई लगभग दैनिक आतङ्कवादी हमलाहरूमा संलग्न गरेको छ । उनी सन् २०१४ मा मारिएका पूर्व रिङलिडर अहमद अब्दी गोदाने र अल–शबाबका वर्तमान नेता अहमद दिरियेसँग निकट थिए ।
सरकारले नादिर अल–शबाबका वर्तमान नेता दिरियेको उत्तराधिकारी बन्न सक्ने अवस्थामा रहेको बताएको छ ।
कारबम विष्फोटमा नौ जनाको मृत्यु
यसैबीच, अल–सबाब समूहले गराएको कार बम विष्फोटमा सरकार पक्षका क्षेत्रिय वरिष्ठ अधिकारीसहित नौ जनाको मृत्यु भएको छ ।
मध्य सोमालियाको बेलेदवेनमा इस्लामिक समूह अल–शबाबले सोमबार गरेको दुईवटा कार बम आक्रमणमा परी वरिष्ठ क्षेत्रीय अधिकारीसहित नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे पुष्टि गर्दै स्थानीय प्रहरी कमाण्डर मोहम्मद मोआलिम अलीले भन्नुभयो, “हामीले प्राप्त गरेको प्रारम्भिक सूचनाले राज्यका मन्त्री र आयुक्तसहित नौ जनाको मृत्यु पुष्टि भएको छ ।











रौतहटको मदिरा उद्योगमा विस्फोट हुँदा १ जनाको मृत्यु, ६ जना घाइते
जसपा नेपालको प्रदेशस्तरीय विरोध सभा आजदेखि सुरु
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिक्रिया