चिनियाँ कम्युनिष्ट पार्टीको सातौँ पूर्ण बैठक शुरू

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को १९ औँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठक आजदेखि सुरु भएको छ ।
बैठकमा पार्टीका महासचिव सी चिनफिङले पार्टी केन्द्रीय समितिको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले २० औँ राष्ट्रिय महाधिवेशनका निम्ति तयार पारिएको प्रतिवेदनको मस्यौदामाथि पनि व्याख्यात्मक टिप्पणी गरेका छन् ।
पार्टीका अर्का नेता वाङ हुनिङले पनि चिनियाँ कम्युनिष्ट पार्टीको विधान संशोधन मस्यौदामा व्याख्यात्मक टिप्पणी गरेका थिए । बैठकमा सातौँ पूर्ण सत्रमा छलफलका लागि पेश गर्नु पर्ने तीनवटा दस्तावेजको अध्ययन पनि गरेको छ ।
सीपीसीको २० औँ राष्ट्रिय महाधिवेशन यही असोज ३० गते हुँदै छ । सीपीसीको यो महाधिवेशन चीनलाई आधुनिक सामाजवादी राष्ट्रका रूपमा रूपान्तरण गर्ने महत्वपूर्ण मानिएको छ ।
महाधिवेशनमा पार्टीले विगत पाँच वर्षमा गरेका कामको समीक्षा गर्ने छ । चिनियाँ विशेषतासहितको समाजवादलाई कायम गर्ने र चीनलाई नयाँ युगमा अग्रसर गराउनेबारे गहन छलफल हुने छ ।
















लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
ट्रम्पको चीन भ्रमणले इरान नीति प्रभावित
बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियाे २९० रनको लक्ष्य
परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया