छन्नमस्ता मन्दिरमा दसैंमा वली प्रदानबाटै साँढे चार लाख भन्दा बढी आम्दानी

सप्तरी । सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिरमा २०७९ को दसैंमा मात्र १५ लाख भन्दा बढी आम्दानी भएको छ । भगवती संरक्षण सम्वद्र्धन समितिका कार्यवाहक अध्यक्ष एवं मन्दिरका मुख्य पीठाधिश महाकान्त ठाकुरले २०७९ को आयव्यय सार्वजनिक गर्दै पत्रकारहरूलाई जानकारी दिएका हुन् ।
समितिका वरिष्ठ सदस्य राम कुमार ठाकुरले २०७९ को विजया दशमीमा भएको १५ लाख २५ हजार ७ सय ७५ रुपैयाँ आम्दानी तथा ११ लाख ८८ हजार रुपैयाँ खर्च विवरण प्रस्तुत गरेका हुन् ।
प्रस्तुत प्रतिवेदनअनुसार बलि प्रदानबाट ४ लाख ६८ हजार ९ सय ३६, गाडी पुजनबाट ५१ हजार १ सय २८ मुण्डनबाट १३ हजार ६ सय, गाडी पार्किङबाट ३७ हजार ९९ सय, चन्दा सहयोग २५ हजार ३ सय ७६, धर्मशालाबाट ६ हजार ८ सय, फुटकर पसल ८१ हजार ९ सय ५०, विवाह ६ हजार ४ सय, पिकनिक १ हजार ९ सय २०, दान पेटिकाबाट ७२ हजार ८ सय ९६, शीघ्र दर्शनबाट ७ लाख, ५९ हजार ७ सय ८५ रुपैयाँ नगद आम्दानी भएको छ ।
यसैगरी रंगरोगन ३ लाख ५० हजार, बिजुली डेकोरेशन २ लाख ७५ हजार, सरसफाइ १ लाख ५ हजार, शान्ति सुरक्षा ४५ हजार, मर्मत सम्भार २ लाख ३१ हजार, अतिथि सत्कार २५ हजार, कर्मचारीको दसैं खर्च ९१ हजार ९ सय २० र विविध ६५ हजार ८० रुपैयाँ गरी कूल ११ लाख, ८८ हजार रुपैयाँ खर्च भएको छ ।
कार्यक्रममा बोल्दै पीठाधिश ठाकुरले यस वर्ष दसैंमा आम्दानी बढी र खर्च कमी भएकोले ३ लाख ३७ हजार ७ सय ८५ रुपैयाँ बचत भएको बताए ।
















इरानमा भएकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
सुविधा होइन, जनको आवाज मुखरित गर्छु : सुदन गुरुङ
गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
प्रतिक्रिया