एनएमबी क्यापिटलको बाह्रौं वार्षिक साधारण सभा १८ कात्तिकमा हुने
मेरोन्यूज
२०७९ असोज २६ गते ९:३३

काठमाडौ । एनएमबी क्यापिटलले कात्तिक १८ गते बाह्रौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो । सभामा कम्पनीले २१।०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । साथै, हाल कायम चुक्ता पुँजी २० करोडको १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभा आरण्य बुटिक होटल, मनकामना मार्ग, हात्तिसार, काठमाडौंमा दिउँसो ४ बजेबाट सुरु हुनेछ ।
सम्बन्धित
















इरानमा भएकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
सुविधा होइन, जनको आवाज मुखरित गर्छु : सुदन गुरुङ
गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
प्रतिक्रिया