भ्रष्टाचार अभियोगमा सुचीलाई छब्बीस वर्षको जेल सजाय

सेना शासित म्यान्माको एक अदालतले अपदस्थ नेत्री आङ सान सुचीलाई थप दुई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ । अब उहाँलाई दुई तीन वर्षको जेल सजाय एकैसाथ हुनेछ । पहिलेको सुनाइएको सजायमा यो थपिएको छ । बुधबार सुनाइएको निर्णयअनुसार नेत्री सुचीलाई २६ वर्षको जेल तोकिएको छ ।
सतहत्तर वर्षीया सुचीलाई गत वर्षको फेब्रुअरी १ मा सेनाले उनको निर्वाचित सरकारबाट सत्ता कब्जा गरेपछि हिरासतमा राखेको थियो। उनले आफूमाथि लगाइएका आरोपको अस्वीकार गरेकि छिन । नेत्री सुचीमाथि लागुऔषध तस्करीको अभियोगमा दोषी ठहरिएका कुख्यात माउङ वेइकबाट पाँच लाख ५० हजार अमेरिकी डलर घुस लिएको आरोप लगाइएको थियो । सन् १९९१ को नोबेल शान्ति पुरस्कार विजेता नेत्री सुचीविरुद्ध सेनाले लगाएका धेरै आरोपमा भ्रष्टाचारका मुद्दा सबैभन्दा बढी छन् ।
नेत्री सुचीलाई भ्रष्टाचार विरोधी ऐन अन्तर्गत जम्मा १२ वटा मुद्दा लगाइएको छ जसमा प्रत्येकलाई १५ वर्षसम्मको जेल सजाय र जरिवाना हुनसक्छ । उनलाई अवैध रूपमा वाकी–टकीहरू आयात गरेर राखेको, कोरोनाभाइरसविरुद्धका प्रतिबन्धहरू उल्लङ्घन गरेको, देशको गोप्य ऐन उल्लङ्घन गरेको, देशद्रोह गरेको, चुनावमा ठगी गरेको तथा भ्रष्टाचारका पाँच आरोपमा दोषी ठहर् याएपछि २३ वर्षको जेल सजाय सुनाइएको थियो ।
नेत्री सुचीका समर्थकहरू र स्वतन्त्र विश्लेषकहरूले ती आरोप राजनीतिक रूपमा प्रेरित रहेका र उनलाई बदनाम गर्ने तथा सेनाको सत्ता कब्जालाई वैधानिक बनाउने प्रयास भएको बताएका छन् । आगामी वर्ष हुने निर्वाचनमा उनलाई भाग लिनबाट रोक्ने प्रयासमा सेनाले ती आरोप लगाएको उनीहरूको कथन छ । नेत्री सुचीविरुद्धका मुद्दाको सुनवाइ राजधानी नेपिटोको बाहिरी भागमा अवस्थित मुख्य कारागारको एउटा कोठामा भएको छ । उनलाई हिरासतमा लिइएदेखि सार्वजनिक रूपमा बोल्न वा भेटघाट गर्न दिइएको छैन । उनका वकिलहरूलाई पनि मुद्दाका बारेमा सार्वजनिक रूपमा बोल्न अनुमति दिइएको छैन ।
















इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड
रवि लामिछानेको निर्देशनमा रास्वपाको सचिवालय बैठक आह्वान
धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो
पाकिस्तानमा महँगीको असर गहिरिँदै, अप्रिलमा मुद्रास्फीति उच्च
सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
प्रतिक्रिया