३९ बर्ष पछि पोखरामा राष्ट्रिय खेलकुदः ६ हजार बढी खेलाडी सहभागी हुने

पोखरा । राष्ट्रिय खेलकुद सुरु भएको ३९ बर्ष पछि दोस्रो पटक पोखरामा नवौं राष्ट्रिय खेलकुलको आयोजना हुदैँछ । २०४० सालमा दोस्रो संस्करणको आयोजना भएको पोखरामा यसपटक नवौं राष्ट्रिय खेलकुदको भब्य उदघाटन हुदैँछ ।
कोरोना महामारीका कारण ३ बर्ष पछि हुन लागेको नवौं राष्ट्रिय खेलकुदको उदघाटन उपराष्ट्रपति नन्दकिशोर पुनले आज उदघाटन गर्र्दैछन । २०७७ फागुन २१–२७ सम्म गण्डकी प्रदेशमा हुने घोषणा भएपनि हुन सकेको थिएन ।
देशैभरीका खेलाडी र प्रशिक्षक पोखरा आईपुगेका छन भने उदघाटनमा सातौं दक्षिण एसियाली खेलकुद सागका स्वर्ण पदकधारी तथा ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक टर्च प्रज्ज्वलन गर्नेछन् । आजबाट औपचारिक रुपमा सुरु हुने खेलमा ६ हजार १ सय ५७ खेलाडीले भाग लिने छन भने ७ वटा प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी, सशष्त्र प्रहरीसहित तीन बिभागीय टोली र एनआएन गरी १९ टोलीले सो प्रतियोगितमा भाग लिनेछन् ।
गण्डकीका मनाङ, मुस्ताङ र लम्जुङबाहेक अन्य जिल्लामा प्रतियोगिता आयोजना हुनेछन भने ३६ वटा खेल मध्ये २६ खेल पोखरामा सञ्चालन हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले जानकारी दिए ।
















कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
काठमाडौँ विश्वविद्यालय अमेरिकाको ‘एचई उच्च शिक्षा र्याङ्किङ’मा १२२ औँ स्थानमा
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया