चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशन भोलीदेखि
महाधिवेशनमा २२९६ जना प्रतिनिधिले भाग लिँदै

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को २० औं महाधिवेशन आइतबारदेखि सुरु हुँदैछ । महाधिवेशन बेइजिङ समयअनुसार आइतबार बिहान १० बजेदेखि बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा हुने छ ।
महाधिवेशनमा सीपीसी, केन्द्रीय समितिको अनुशासन निरीक्षण आयोगको प्रतिवेदनमाथि लेखाजोखा गरेर पार्टीका महत्त्वपूर्ण विषयहरुबारे छलफल र निर्णय गर्ने मुख्य एजेण्डा छ ।

अन्य एजेण्डामा कम्युनिस्ट पार्टीको नयाँ केन्द्रीय समिति निर्माण गर्ने, नयाँ केन्द्रीय अनुशासन निरीक्षण आयोगको निर्वाचन गर्ने, १९औं सीपीसी केन्द्रीय समितिको प्रतिवेदन पेस गर्ने, सीपीसीको विधान संशोधन लगायतका विषय छन् ।
प्रवक्ता स्वन एलीले शनिबार पत्रकार सम्मेलनमा महाधिवेशनबारे जानकारी दिएका हुन्। महाधिवेशन अक्टोबर २२ सम्म सञ्चालन हुने छ । महाधिवेशनमा २२९६ जना प्रतिनिधिले भाग लिँदैछन् । यी प्रतिनिधिले चीनका ९ करोड ६० लाख पार्टी सदस्यहरूको प्रतिनिधित्व गर्दछन् ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया