खोटाङमा भाइरल फैलियो, १०३ जनाको उपचार

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलको बदेलमा भाइरल फैलिएको छ । दसैँ अघिदेखि टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने, हात खुट्टा र शरीर खाने लगायतका समस्या देखिने भाइरल फैलिएको हो । भाइरलले साबिकको बाकाचोल–२ र ३ मा पर्ने बदेलका अधिकांश घरका स्थानीय बिरामी परेको वडाध्यक्ष नन्दकुमार तामाङले बताए ।
भाइरलको बिरामी बढ्दै गएपछि स्वास्थ्यचौकी बाकाचोलसँगको समन्वयमा औषधिसहित स्वास्थ्यकर्मी लगेर बदेलमा उपचार शिविर सञ्चालन गरिएको छ । उपचार शिविरमा १०३ जनाको स्वास्थ्य जाँच गर्नुका साथै आवश्यक औषधि वितरण गरिएको छ ।

गाउँभरी भाइरल फैलिएको खबर पाएकै भोलिपल्ट स्वास्थ्यकर्मी र औषधि लगेर उपचार शिविरको आयोजना गरिएको वडाध्यक्ष तामाङले बताए । कतिपय सिकिस्त अवस्थाका बिरामीलाई आफन्तले स्ट्रेचरमा बोकेर उपचार शिविरमा ल्याएका थिए । अधिकांश बिरामीमा एकै प्रकृतिको स्वास्थ्य समस्या देखिएको स्वास्थ्यचौकी बाकाचोलका प्रमुख एचए दीपेन्द्र मगरले बताए ।
तीन दिनभित्र समस्याको हल नभए प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कसँगको समन्वयमा थप स्वास्थ्यकर्मी र औषधि सहित थप उपचार शिविर सञ्चालन गर्ने तयारी गरिएको वडा कार्यालयले जनाएको छ ।











दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया