बिहीबार, पुष १०, २०८२

रुसको सैन्य तालिम केन्द्रमा गोली चल्यो, ११ जनाको मृत्यु

मेरोन्यूज २०७९ असोज ३० गते ६:५१

काठमाडौं । बन्दुकधारीले रुसको सैन्य तालिम केन्द्रमा आक्रमण गरेका छन् । आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । युक्रेनसँग सिमाना जोडिएको रुसको बेलगोरोड क्षेत्रमा यो घटना भएको हो । रुस र युक्रेनका वीचमा केही महिना यता आक्रमण र प्रतिआक्रामणका घटना भईरहेका छन् ।

सरकारी समाचार एजेन्सी रियाका अनुसार रुसले आक्रमण भएको स्थानमा युक्रेनविरुद्ध लड्ने स्वयंसेवकहरुलाई हतियार चलाउने तालिम दिने काम गदैं आईरहेका थिए ।

रुसी रक्षा मन्त्रालयले आक्रमणकारीहरु पूर्व सोभियत गणतन्त्रका भएको भने पनि थप जानकारी दिएको छैन । उनीहरु आतंककारी भएको पनि मन्त्रालयले जनाएको छ । आक्रमणमा दुई जना संलग्न भएको जनाइएको छ । उनीहरु तालिम केन्द्रमा कसरी प्रवेश गर्न सफल भए भन्ने खुलेको छैन ।

‘युक्रेनविरुद्धको सैन्य अभियानमा स्वेच्छिक रुपमा भाग लिने इच्छा व्यक्त गर्ने व्यक्तिहरुलाई हतियार चलाउने तालिम दिने क्रममा आतंककारीहरुले साना हतियारले गोली चलाए,’ रुसको रक्षा मन्त्रालयले भनेको छ ।

प्रतिक्रिया