नवौं खेलकुदका क्रममा प्याराग्लाइडिङ खेलाडीको दुर्घटनाबाट मृत्यु,

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएको छ । आइतबार विहान साढे ११ बजे पोखरा १८ सराङकोटबाट उडेको प्याराग्लाइडिङ एक्कासी भुईंमा खसेको थियो । दुर्घटनामा नेपाल आर्मीका खेलाडी पोखरा १० अस्पताल चोकका २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएपछि उहाँलाई उपचारका लागि मेट्रोसिटी अस्पताल पु¥याइएको थियो । उपचारकै क्रममा थापाको मृत्यु भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । खेलाडीको मृत्यु भएपछि राखेपले दुख ब्यक्त गरेको छ । राखेप बोर्ड सदस्य अन्जन धमलाले खेलाडीको मृत्युले राखेप मर्माहत भएको बताए ।
‘प्रतिश्पर्धाकै क्रममा खेलाडीको मृत्युले मर्माहत बनाएको छ । यो दुखद घटनाको दुख ब्यक्त गर्दछौं,’ उनले भने, ‘प्रतिश्पर्धाकै क्रममा खेलाडीको मृत्यु हुनु राम्रो होइन । यसका बारेमा हामी छानविन गर्छौं र निष्कर्ष बाहिर ल्याउछौं ।’ सराङकोटबाट उडेको केही बेरमै थापा बनिरहेको घरमा ठोक्किनु भएको कास्की प्रहरीले जनाएको छ । पोखरा प्याराग्लाइडिङको हव भएकोले आठौं प्रतियोगिता देखि पोखरामा प्याराग्लाइडिङको प्रतिश्पर्धा हुँदै आएको छ ।
राखेपले विमा संस्थानसँग खेलाडी र खेलसँग सम्बन्धित सबैको वीमा गरेको छ । खेलका क्रममा कोही घाइते भए विरामीको उपचारका लागि १ लाख दिने र कारणबश मृत्यु भए १० लाख दिने गरी व्यवस्था गरिएको धमलाले बताए । यसबाहेक सम्बन्धित प्रदेशले पनि बीमा गरेको छ ।
















काठमाडौं-तराईं द्रुतमार्ग निरीक्षणमा प्रधानमन्त्री कार्की
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
फेरि मौसम बदलीको अर्काे प्रणाली भित्रिँदै, काठमाडौँमा बुधबार वर्षा
कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया