नवौँ राष्ट्रिय खेलकुद : त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा
काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरा रङ्गशालामा आज भएको फुटबल खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली नेपाल प्रहरीको पुलिस क्लबमाथि जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
दुई विभागीय टोलीबीचको प्रतिस्पर्धामा आर्मीले पुलिसलाई २–० गोलले हराएको हो । आर्मीलाई जीत दिलाउन खेलको पहिलो हाफमा नवयुग श्रेष्ठ र दिनेश हेमजनले एक–एक गोल गरे ।
खेलको १५ औँ मिनेटमा नवयुगले गोल गर्दै टोलीको अग्रता बनाएकोमा २९ औँ मिनेटमा हेमजनले अग्रता दोब्बर बनाएका थिए । पुलिससँगको खेलमा विजयी भएसँगै आर्मी दुई खेलबाट अङ्क बटुल्दै समूह ‘सी’ को शीर्ष स्थानमा पुग्न सफल भयो । आफ्नो पहिलो खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई ४–१ गोल अन्तरले हराएको थियो ।
सेमिफाइनलमा आर्मीले स्थान बनाउँदा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उपविजेता पुलिस क्लब र लुम्बिनी प्रदेश समूह चरणबाट नै बाहिरिएका छन् ।
प्रतियोगितामा पुरुष फुटबलमा ११ वटा टोलीले सहभागिता जनाएका छन् । प्रत्येक टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा गण्डकी प्रदेश, प्रदेश नं १ र एनआरएनको टोली छ । समूह ‘बी’मा बागमती, मधेस प्रदेश र एपीएफ रहेका छन् ।
त्यसैगरी आर्मी, लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब समूह ‘सी’ मा र समूह ‘डी’ मा कर्णाली र सुदुरपश्चिम प्रदेश छन् । पुरुष फुटबलको स्वर्ण पदकका लागि कात्तिक ३ गते खेल हुने तालिका छ ।
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया