पर्वमा बैंक अफ काठमाण्डूको २५ प्रतिशतसम्म नगद फिर्ता योजना

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडले तिहारलाई लक्षित गर्दै आफ्ना ग्राहकलाई मोबाइल बैंकिङ्गबाट क्यूआर स्क्यान गरी विद्युतीय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले २५ प्रतिशतसम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको छ ।
यस नगद फिर्ता योजना कार्तिक १ गते मंगलबारदेखि कार्तिक ६ गते आइतबारसम्म मात्र रहने छ । यस योजनाअन्तर्गत बैंकको मोबाइल बैंकिङ्गमार्फत प्रथमपटक क्युआर स्क्यान गरी कारोबार गर्ने ग्राहकले मात्र नगद फिर्ता पाउने छन् । उक्त नगद फिर्ता योजनाअन्तर्गत बैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले नगद फिर्ताका लागि योजना अवधिको प्रथम कारोबार रकमको २५ प्रतिशत वा १५० रुपैयाँसम्मको नगद फिर्ता पाउने छन् ।
बैंकले ग्राहक तथा शेधर धनीको उच्चतम् लाभलाई ध्यानमा राखी विभिन्न समयमा ल्याएको विभिन्न ग्राहक मैत्री योजना तथा बैंकले अघिल्लो आर्थिक वर्षको नाफाबाट शेयर धनीलाई २०.९५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव ल्याएको विदितै छ । बैंकले प्रास्तव गरेको उच्चतम् लाभाशंले ग्राहक तथा शेयरधनीहरुको हितलाई बैंकले सधै आत्मसात गरी कार्य सम्पादन गरिरहेको अझै पुष्टि भएको छ ।
हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालय, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुविधा दिँदै आएको छ ।
















इरानमा भएकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
सुविधा होइन, जनको आवाज मुखरित गर्छु : सुदन गुरुङ
गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया