मंगलबार, माघ १३, २०८२

गुण्डा नाइके ‘राधे’ले हाने गुरुङमाथि खुकुरी

मेरोन्यूज २०७९ कार्तिक १ गते १८:३९

काठमाडौँ । नीलकण्ठ नगरपालिकास्थित धादिङबेँसी बजारमा भीम गुरुङमाथि गुण्डा नाइके राधेको समूहले खुकुरी प्रहार गरेको छ ।

नीलकण्ठ नगरपालिका ४ घर भएका गुरुङलाई गुण्डा नाइके राधाकृष्ण भण्डारी उर्फ ‘राधे’को समूहले खुकुरी प्रहार गरेको पीडित पक्षले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार खुकुरी प्रहार गरेको उजुरी आएको र घटनास्थलमा अनुसन्धान सुरु भएको छ ।

गुरुङमाथि गुण्डा नाइके ‘राधे’ आफैंले खुकुरी हानेको पीडित पक्षले जनाएको छ । राधे तरुण दलको उपाध्यक्षसमेत हुन् ।

प्रतिक्रिया