सरिताले यशोब्रह्मा माविमा स्थापना गरिन् अक्षयकोष
मेरोन्यूज
२०७९ कार्तिक ३ गते ८:१८
लमजुङ । लमजुङको बेसीशहर नगरपालिका-८ सेरा घर भई हाल अमेरिकामा बस्दै आएकी सरिता घिमिरेले विद्यालयमा अक्षयकोष स्थापना गरेकी छन् ।
७५ वर्षीया सरीताले आफ्नो नाममा बेसीशहर नगरपालिका(३ मा रहेको यशोब्रह्मा माध्यमिक विद्यालयमा १ लाख १५ हजार ५ रुपैयाँको सरिता घिमिरे अक्षयकोष स्थापना गरेकी हुन् ।
विद्यालयमा आयोजना गरिएको एक कार्यक्रमका बीच उनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीकान्त घिमिरेलाई रकम हस्तान्तरण गरिन् ।
सो रकमबाट प्राप्त व्याजबाट विद्यालयको वार्षिकोत्सवमा विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरिने विद्यालयका प्रअ सूर्यप्रसाद बरालले बताए ।
विद्यालयका बालबालिकालाई स्टेसनरी सामग्रीका साथै खाजा समेत वितरण गरेकी छन् ।
सम्बन्धित










आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल
ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया