फेवातालमा फोनपे क्यूआरमार्फत भुक्तानी गर्ने बढ्दो

काठमाडौँ । पर्यटकीय नगरी पोखरामा रहेको फेवातालमा डुंंगा चढ्दा फोनपे क्यूआरमार्फत भुक्तानी गर्नेको संख्या बढ्न थालेको छ । यसअघि नगद कारोबार चलिरहेको डुंगा व्यवसायमा फोनपे क्यूआर सञ्चालमा आएसँगै फेवाताल घुम्न जाने पर्यटकमा फोनपेप्रति आकर्षण बढेको हो ।
फोनपे र फेवाताल डुंगा व्यवसायी संघसँगको सहकार्यमा केही दिनअघि फोनपेमार्फत भुक्तानी गर्न सकिने सेवाको सुरुवात गरिएको थियो । बाराहीघाटमा राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल र फोनपेका सिइओ दिवस सापकोटाको उपस्थितीमा एक कार्यक्रमका बीच क्यूआर भुक्तानी सेवाको सुरुवात गरिएको थियो ।
कार्यक्रममा मनोरञ्जन प्रदान गर्न बोटिङ्ग प्रतिस्पर्धा आयोजना गरिएको थियो । फोनपेका ब्राण्ड एम्बेस्डर सन्दीप क्षेत्रीले मनोरञ्जन प्रदान गरेका थिए । फोनपेले यतिबेला चाडवाड लक्षित विभिन्न अफरसमेत सञ्चालन गरिरहेको छ ।
यसैगरी क्यूआरमार्फत भुक्तानी लिने मर्चेण्टले हरेक दिन सामसुङको आकर्षक मोबाइल फोन जित्न सक्ने छन् । मर्चेण्टको यो योजना कार्तिक १२ गत सम्म सञ्चालन हुनेछ । फोनपे नेटवर्कमा आवद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एप्सबाट सहजै क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ ।
यसैगरी फोनपे डाइरेक्टमार्फत् मोबाइल नम्बर राखेर कुनै पनि बैंकको बैंक खातामा रकम पठाउन सकिन्छ ।

















रुद्राक्ष खेतीबाट मनग्य आम्दानी
शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने
गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
योगासँगै सुरु भयो रास्वपाको दोस्रो दिनको अभिमुखीकरण,रवि लामिछानेले सम्बोधन गरेर समापन गर्ने
कालीमाटीमा गोलभेँडा किलोको ५०, गाजरकाे २५ ,अन्य तरकारीको कति ?
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
प्रतिक्रिया