होटल, रेष्टुरेण्टका मेन्युको मूल्य र बिलको रकम फरक परे कारबाही गरिने (सूचनासहित)

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सबै होटल, रेष्टुरेण्ट तथा बार व्यवसायीले आ–आफ्नो मेन्युमा वस्तु तथा सेवाको मूल्य उल्लेख गर्दा नियमानुसार उपभोक्ताले तिर्नुपर्ने सबै किसिमका सेवा शुल्क तथा कर रकम सहितको अन्तिम उपभोक्ता मूल्य उल्लेख गर्न निर्देशन दिएको छ ।
बिहीबार विभागका तर्फबाट निर्देशक होमनाथ भट्टराईले एक विज्ञप्ति जारी गर्दै होटल, रेष्टुरेण्ट तथा बार व्यवसायीलाई मेन्युमा राखेको मूल्य नै अन्तिम मूल्य भएको स्मरण गराउँदै सोही बराबरको रकम लिन निर्देशन दिएका हुन् ।
बुधबार मात्रै होटल, रेष्टुरेण्ट तथा बार व्यवसायीलाई विभागमै बोलाएर छलफल भएको गरेको थियो । व्यवसायीका छाता संगठनका प्रतिनिधिलाई बोलाएर गरिएको छलफलपछि व्यवसायीले पनि आफ्नो मेन्युमा सुधार गर्ने र मेन्युमा उल्लेख भएको रकम मात्रै लिने प्रतिवद्धता जनाएको निर्देशक भट्टराईले बताए ।
मूल्य अभिवृद्धि कर नियमावली २०५३ को नियम १४ ‘ख’ ले ‘मूल्य अभिवृद्धि करमा दर्ता भएको व्यक्तिले आफ्नो प्रदर्शनी कक्षा बिक्री कक्ष, होटल, रेष्टुरेण्ट, बार, कारोबारस्थल वा आपूर्ति गर्ने स्थानमा राखिएको कर लाग्ने वस्तु वा सेवाको बिक्री मूल्य मा कर सहितको मूल्य उल्लेख गर्नु पर्नेछ’ भन्ने व्यवस्था रहेको भन्दै मेन्युमा नै सबै शुल्क जोडेर हुन आउने उपभोक्ता मूल्य मात्रै राख्नुपर्ने व्यवस्था गरेको छ । यदि कुनै किसिमको अतिरिक्त रकम लिएकाे पाइएमा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ बमोजिम कारवाही हुने विभागले चेतावानी दिएकाे छ ।


















झापाबाट लागुऔषधसहित सात जना पक्राउ
Tractor hits man to death
One dies in motorcycle accident
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
दण्डपाणि–नन्दकुमारी अर्ज्याल पुरस्कार डा आचार्यलाई
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
प्रतिक्रिया