भारतमा १० करोड डोज खोप नस्ट

नयाँ दिल्ली । भारतीय खोप निर्माता सीरम इन्स्टिच्युट अफ इन्डिया ९एसआइई० ले आफ्नो कोभिड–१९ खोपको १० करोड डोज म्याद सकिएपछि डम्प गर्नुपर्ने बताएको छ । कम मागका कारण फर्मले गत वर्ष डिसेम्बरमा कोभिशिल्ड उत्पादन गर्न बन्द गरेको थियो, सीईओ अदार पुनावालाले बिहीबार भने । विश्वको सबैभन्दा ठूलो खोप निर्माता एसआइआइले एस्ट्राजेनेका र भेक्सजेभरिया खोपको स्थानीय संस्करण बनाइरहेको छ । कोभिडसिल्डले भारतमा दिइने डोजको ९०५ भन्दा बढी हिस्सा ओगटेको छ।
भारतले कोभिड–१९ को खोपको दुई अर्ब डोज खुवाएको छ । संघीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतीय जनसंख्याको ७०५ भन्दा बढीले कम्तिमा दुई डोज लिएका छन् ।
जनवरी २०२२ मा भारतले स्वास्थ्य सेवा र अग्रपंक्तिमा काम गर्ने कामदारहरू र ६० वर्षभन्दा माथिकालाई बुस्टर डोज दिन थालेको थियो । पछि यसलाई सबै वयस्कहरूमा विस्तार गरिएको थियो । जुलाईमा भारतको स्वतन्त्रताको ७५ वर्षको उपलक्ष्यमा सबै वयस्कहरूलाई ७५ दिनका लागि निःशुल्क बुस्टर डोज उपलब्ध गराइएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार भारतले अहिलेसम्म २९८ मिलियन बुस्टर डोज खुवाएको छ । एजेन्सी










आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल
ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया