फूल व्यवसायीलाई भ्याइनभ्याइ

कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ कलुवापुरकी सङ्गीता धामीलाई सयपत्री फूल टिपेर माला गाँस्न र बेच्न भ्याइनभ्याइ छ । सङ्गीताको फूलबारीमा आजभोलि तिहारका लागि फूल र माला किन्न आउने ग्राहकहरूको घुइँचो लाग्ने गरेको छ ।
कलुवापुरमा उहाँले करिब आठ कट्ठा जमीनमा पुष्प खेती गर्नुभएको छ । मागअनुसार फूल पु¥याउन हम्मेहम्मे परेको सङ्गीताले बताउनुभयो । “तिहारका लागि फूलको माग असाध्यै छ, मागअनुसार फूल पु¥याउन सकिएको छैन”, उहाँले भन्नुभयो, “सयपत्रीको आठ हजार बिरुवा रोपेको थिएँ, पहिलो पटक फूल खेती गरेको व्यापार राम्रै छ ।”
सङ्गीताले कृषि जेटिए अध्ययन गरेपछि गाउँमै पुष्प व्यवसाय गर्नुभएको हो । फूल र गाँसेको माला बिक्री गर्ने गरेको उहाँको भनाइ छ । “एउटा मालाको एक सय र प्रतिकिलो ग्राम फूल पाँच सयमा बिक्री भइरहेको छ”, उहाँले भन्नुभयो, “पानी परेर केही बिरुवा रोगले नष्ट भए, नभए अझै फूल उत्पादन बढी हुन्थ्यो ।” भीमदत्त नगरपालिका–१० तिलकेनीमा पुष्प व्यवसाय गर्दै आउनुभएका जनकबहादुर सिंहलाई पनि सयपत्री फूलबारीमा भ्याइनभ्याइ छ ।
बझाङ तलकोटका सिंहसहित चारजना युवाले तिलकेनीमा दुई बिघा जमिन लिजमा लिएर संयुक्तरूपमा व्यावसायिक पुष्प खेती गरिरहेका छन् । पाँच लाखको लगानीमा सयपत्रीका चार जातको फूल खेती गरिएको सिंहले बताउनुभयो । “फूलको माग धेरै छ, पूर्ति गर्न सकेका छैनौँ”, उहाँले भन्नुभयो, “एक पटक फुलेको पूरै फूल बिक्री गरेर सकिएको छ ।” चितवनबाट फूलको बेर्ना ल्याएर खेती गरिएको उहाँको भनाइ छ ।
“एक बोटमा दुई माला बनाउनेसम्म फूल उत्पादन भइरहेको छ”, उहाँले भन्नुभयो, “अहिले तिहारलाई लक्षित गरेर फूल उत्पादन गरेका छौँ ।” उहाँका अनुसार अब फूल खेतीलाई नियमित गरेर बाह्रै महिना उत्पादन गर्ने तयारी छ । यस पटक फूल राम्रै बिक्री भएकाले १५ लाखसम्म आम्दानी हुने उहाँको भनाइ छ ।

















आज विश्व मुख स्वास्थ्य दिवसः मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव
जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
आज विश्व हिमनदी दिवस
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
प्रतिक्रिया