म्यान्मा हमालाप्रति राष्ट्रसङघको गम्भीर चिन्ता

काठमाडौं । संयुक्त राष्ट्रसङघले म्यान्माको काचिन राज्यको हपाकान्तमा भएको घातक हवाई हमलाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । उक्त हमलामा कैयौँ निर्दोष मारिएका थिए ।
म्यान्माको सेनाले आइतबार देशको उत्तरी भागमा अवस्थित काचिन राज्यको हपाकान्तको एउटा गाउँ नजिक भएको साङ्गीतिक कार्यक्रममा हवाई हमला गरेको थियो । देशको प्रमुख जातीय विद्रोही समूह काचिन स्वतन्त्रता सङ्गठनको ६२ औँ वार्षिकोत्सवको सन्दर्भमा साङ्गीतिक कार्यक्रम आयोजना गरिएको थियो ।
प्रारम्भिक विवरणअनुसार कार्यक्रमस्थलमा सेनाले गरेको हमलामा एक सय जनाभन्दा बढी प्रभावित भएका तथा कैयौँको मृत्यु भएको छ । म्यान्मास्थित राष्ट्रसङ्घीय कार्यालयले हमालबारे प्राप्त विवरणहरू पुष्टि गर्ने प्रयासलाई जारी राखेको जनाउँदै मारिएका तथा घाइते भएका सबैका परिवार र साथीहरूप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
निःशस्त्र नागरिकविरुद्ध सुरक्षा बलले गरेको कारबाहीप्रति उक्त कार्यालयले असन्तुष्टि जनाउँदै त्यसलाई अस्वीकार्य भनेको छ ।
















यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आज वैशाख २१ गते सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया