महिलाको तस्वीर दुरुपयोग गर्ने भण्डारी पक्राउ
मेरोन्यूज
२०७९ कार्तिक ९ गते २०:४८

काठमाडौं । नेपाल प्रहरीले महिलाको तस्वीर दुरुपयोग गरी गैरकानुनी कार्य गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले पीडित महिला र सम्मानित व्यक्तिको तस्वीर दुरुपयोग गरी सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्धका सामग्री सामाजिक सञ्जालमा लेखी चरित्रहत्या गर्ने तनहुँ शुक्लागण्डकी नगरपालिका–८ का रवीन्द्र भण्डारीलाई पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक पशुपतिकुमार रायले सामाजिक सञ्जालमा पीडित महिलाको तस्वीर दुरुपयोग गरेर अनावश्यक दुःख हैरानी दिएकाले पक्राउ गरिएको जानकारी दिए ।
भण्डारीलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट छ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता रायले बताए ।
सम्बन्धित
















बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
फेरि मौसम बदलीको अर्काे प्रणाली भित्रिँदै, काठमाडौँमा बुधबार वर्षा
कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै
राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
प्रतिक्रिया