परम्परा धान्दै ९० वर्षीया गङ्गादेवी

काठमाडौं । तिहारमा गाईलाई हरियो धान काटेर खुवाउने प्रचलन सुन्दा अहिले अनौठो लाग्दछ । पछिल्ला वर्षमा यो चलन गाउँघरमा हराइसकेको छ । पाल्पा नगरपालिका–६ मिलनचोककी ९० वर्षीया गङ्गादेवी पराजुलीले भने पूरानो परम्परालाई धान्दै छन् ।
उनी तातोपानीधाम गौशालामा रहेका गाईलाई हरियो धान काटेर खुवाउने संस्कृति जोगाउने अभ्यासमा छिन् ।
पहिलादेखि नै चलिआएको परम्परा हिजोआज हराउन पुग्दा पूरानो संस्कार संस्कृतिलाई अवलम्वन गर्दै नयाँ पुस्तामा जानकारी गराउन धान खुवाउने कार्यक्रम गरेको ज्येष्ठ नागरिक पराजुलीले बताए । उनले करिव तीन रोपनी जग्गामा लगाइएको धान काटेर गौशालामा रहेका १३५ गाईलाइ खुवाइन् ।
“हाम्रा पालामा तिहारमा गाईलाई खुवाउन भनेर खेतमा छुट्टै धान रोपिन्थ्यो, हिजोआज त यस्तो चलन कतै छैन, हराउँदै गयो, नातीनातीनालाई घरमा सुनाउँदा आश्चर्य मान्छन्,” पराजुलीले भनिन्, –“नयाँ पुस्ताले पूरानो चलन पनि सिकुन् भन्नका लागि गौशालामा म आफै पुगेर गाईलाई धान खुवाएपछि आत्मसन्तुष्टि मिलेको छ” ।
परिवार, आफन्त, स्थानीयको साथमा पूजाआजा गरी गाईलाई हरियो धान, चोकर, दाना, सातु खुवाउन पाउँदा आनन्द लागेको उनले बताइन् । आश्चर्य मान्दै धान खुवाउने कार्यक्रममा आफन्त, छरछिमेकको उत्साहजनक सहभागीता रहेको थियो ।
वैदिक परम्परा अनुसार गौमातालाई खुशी बनाउन मुख्य खेती धान खुवाएमा सबै देवीदेवता खुशी हुने, गाईको अङ्गमा ३३ कोटी देवताले बास गर्ने भन्ने धार्मिक कथन छ । गौमातालाई खुशी पार्न तिहारका बेला झुल्दै गरेको हरियो धान खुवाउने परम्परा रहेको पण्डित दिनानाथ भण्डारी बताउँछन् ।
“लक्ष्मीका रुपमा पुजिने गाईलाई तिहारमा पूजा गरी खेतमा लगाइएको हरियो धान खुवाउने परम्परा छ”, उनले भने,–“यसो गरेमा कामधेनु गाई खुशी हुन्छिन्, हामीले मागेको कुरा पूरा हुने, धन सम्पत्ति, सुख, शान्ति प्राप्ती हुन्छ भन्ने धार्मिक विश्वास छ ।”
पहिला धान फल्दै गरेको खेतमा गाई लगेर खुवाउने चलन थियो । हिजोआज खेतबारीमा अरुका बाली नोक्सान गर्ने भएपछि काटेर गौशालामा लगेर खुवाउने गरिएको पण्डित भण्डारीले बताए । यसरी हरियो धान काटेर तिहारमा खुवाउने पूरानो परम्परा भने गाउँघरमा हराइसकेको छ । यो परम्परा देखेर नयाँ पुस्तालाई अनौठो लाग्दछ । यस कार्यले गाउँघरमा हराउँदै गएको पूरानो संस्कृती ब्युताउने र अबका सन्ततीले केही नयाँ कुरा सिक्ने अवसर पाएको रामपुरका पाका पत्रकार वासुदेव ढकाल बताउँछन् ।
















नेपाल टेलिकमको सेवामा सुधारः डाटा सकिँदा स्वतः पैसा नकाटिने
भारत आणविक इन्धन आत्मनिर्भरतातर्फ
कैलालीको टीकापुरमा सर्वसाधारणलाई सर्प पहिचानसम्बन्धी तालिम सञ्चालन
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
प्रतिक्रिया