चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न बाबुराम भट्टराईको माग
मेरोन्यूज
२०७९ कार्तिक ११ गते १३:५१

काठमाडौं । नेपाल समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराई गोरखा अस्पतालमा कार्यरत चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गरेका छन् ।
गत आइतबार दिउँसो गोरखा जिल्ला अस्पतालमा बिरामी जाँचिरहँदा डा. अविनाश पराजुलीमाथि कुटपिट भएको घटनामा संलग्नलाई कारबाही गर्न उनले माग गरेका हुन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत् पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले चिकित्सकमाथि हातपात गर्ने कार्य क्षम्य हुन नसक्ने बताएका छन् ।
‘गोरखा हस्पिटलमा डाक्टरमाथि कुटपिट भएको घटनाले अत्यन्त दुःखित छु र यसको घोर भर्त्सना गर्दछु’, शुक्रबार ट्वीटरमा उनले लेखेका छन्, ‘जसले जुनसुकै कारणले गरेको भए पनि सेवारत चिकित्सकमाथि हातपात गर्ने कार्य क्षम्य हुनसक्दैन। यसलाई गम्भीरतापूर्वक लिएर तुरून्त दोषीलाई कानुन बमोजिम कारबाही गर्न जिल्ला प्रशासनसँग आग्रह गर्दछु।’
सम्बन्धित
















राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
देशभरका यी नौ जिल्ला डढेलोको उच्च जोखिममा
‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै
‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
प्रतिक्रिया