नवलपरासी दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो
मेरोन्यूज
२०७९ कार्तिक १३ गते १४:१९

काठमाडौं । नवलपरासी बर्दघाट सुस्ता पुर्वको बुलिङटार गाउँपालिका–२ मथारमा आज बिहान बस दुर्घटनामा मृत्यु हुने पाँच जनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका–१ का ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया धनी विक, ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका–९ बेलचौरकी ४५ वर्षीया फूलमाया माझी रहेका छन् ।
उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पुर्वले जानकारी दिएको छ ।
भरतपुरका विभिन्न अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।
पाल्पाको हुगीदेखी दर्शनार्थी लिएर मनकामना आउँदै गरेको ना ६ ख ७५ ८० नम्बरको बस आज बिहान ४ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी एक सय मीटर तल खसेको थियो ।
सम्बन्धित
















भारत–युरोप व्यापार सहमति ऐतिहासिक
फलेवासबाट एक वर्षमा पाँच सय २५ जना बसाइँसराइ
Nine districts at high risk of forest fire
37 days left to go for HoR Polls: Printing of ballot papers for PR system completed
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
प्रतिक्रिया