चालू आर्थिक वर्षको व्यापार घाटा साढे तीन खर्ब नाघ्यो

काठमाडौँ । चालू आर्थिक वर्षको तीन महिनामा मुलुकको कूल व्यापार घाटा साढे तीन खर्बमाथि पुगेको छ ।
भन्सार विभागले आज सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरणअनुसार व्यापार घाटा रु तीन खर्ब ५९ अर्ब १७ करोड ८१ लाख बराबर छ ।
सोही अवधिमा देशको कूल व्यापार चार खर्ब ४२ अर्ब ८१ करोड ८४ लाख बराबर भएको विभागले जनाएको छ । यस्तै, सो अवधिमा कूल निर्यात ४१ अर्ब ८२ करोड बराबरको भएको छ ।
आर्थिक वर्ष २०७८–७८ को तुलनामा चालू आवको तीन महिनामा कूल व्यापार १८ दशमलव ५४ प्रतिशतले घटेको छ । गत आवमा कूल पाँच खर्ब ४३ अर्ब ५७ करोड बराबरको व्यापार भएकामा यस आवको तीन महिनामा मात्रै चार खर्ब ४२ अर्ब ८१ करोड बराबरको मात्रै व्यापार भएको छ ।
यस आधारमा गत आवको तीन महिनाको तुलनामा चालू आवको तीन महिनामा १८ दशमलव ५४ प्रतिशतले ओरालो लागेको हो ।
गत आवमा चार खर्ब ७८ अर्ब ५२ करोड बराबरको माल वस्तु आयात भएकामा चालू आवको तीन महिनामा १६ दशमलव २० प्रतिशतले कमी भई चार खर्ब ९९ करोड बराबरको माल सामान आयात भएको हो ।
यस्तै, गत आवको तीन महिनामा ६५ अर्ब पाँच करोड बराबरको माल वस्तु निर्यात भएकामा चालू आवको तीन महिनामा ३५ दशमलव ७१ ले ओरालो लागेर ४१ अर्ब ८२ करोड बराबरको वस्तु निर्यात भएको हो ।

















मध्यपूर्वमा युक्रेनको सक्रियता बढ्दो, २०१ सैन्य विज्ञ तैनाथ
प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा
कञ्चनपुरमा जग्गा विवादमा आमाको हत्या
झापाबाट लागुऔषधसहित सात जना पक्राउ
Tractor hits man to death
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
प्रतिक्रिया