बरुण हाइड्रोपावरको ३ लाख ५५ हजार कित्ता सेयर लिलामी बिक्री खुला

काठमाडौं । बरुण हाइड्रोपावरले आजदेखि सर्वसाधारण समूहको ३ लाख ५५ हजार ६० कित्ता सेयर लिलामी बिक्री खुला गर्दैछ । कम्पनीले बिक्री खुला गर्न लागेको लिलामी सेयरमा लगानीकर्ताले आज कार्यालय समयपछि आवेदन दिन सक्नेछन् । यसमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिन सक्नेछन् । लिलामी भर्ने अन्तिम म्याद कात्तिक २१ गतेसम्म तोकिएको छ । यसमा न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
बरुण हाइड्रो पावरले भदौ ६ गतेदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा २३ लाख २४ हजार १५ कित्ताका लागि मात्र आवेदन परेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर लिलामीमा ल्याउन लागेको हो ।
यसमा बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड टेकु, काठमाडौंबाट आवेदन दिन सकिनेछ । यसैगरी, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका शाखा कार्यालयहरु वीरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ्ग, बुटबल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, विर्तामोड,हेटौडा,तुलसीपुर, महेन्द्रनगर विराटनगर र पोखराबाट पनि आवेदन दिन पाइनेछ ।

















गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
योगासँगै सुरु भयो रास्वपाको दोस्रो दिनको अभिमुखीकरण,रवि लामिछानेले सम्बोधन गरेर समापन गर्ने
कालीमाटीमा गोलभेँडा किलोको ५०, गाजरकाे २५ ,अन्य तरकारीको कति ?
काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
प्रतिक्रिया