श्रीमानमाथीको आक्रममणपछि अमेरिकी सभामुखले भनिन्- हामी आघात भएका छौं

न्युयोर्क । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले आफ्ना श्रीमानमाथिको हमलाका कारण आफूू आघात भएको बताएकी छिन् । तर, उनको उपचारमा भएको तदरुकताप्रति भने सभामुख पेलोसी र उनको परिवारले आभार व्यक्त गरेका छन् ।
यही शुक्रबार पल पेलोसीलाई उनकै सान फ्रान्सिस्कोस्थित घरमा एक जना पुरुषले ह्यामरले सांघातिक हमला गरेका थिए । ८२ वर्षीय पलको स्वास्थ्य अवस्थामा निरन्तर सुधार आएको न्यान्सीले बताएकी छिन् । आक्रमणका कारण उनको टाउकोको हड्डी भाँचिनुका साथै दायाँ पाखुरा र हातमा चोट लागेको छ । जीवन बचाउने उपचारका लागि उनी अस्पतालमा उपचारार्थ छन् ।
संदिग्ध डेभिड डिपापेले उनलाई आक्रमण गर्नअघि पललाई भेट्न आएको बताएका थिए । यस हमलाले ८ नोभेम्बरमा हुने मध्यावधी निर्वाचनको पूर्वसन्ध्यामा एक प्रकारको त्रासदी सृजना गरेको छ । आक्रमणको समयमा सभामुख पेलोसी वासिंगटनमा थिइन् । आक्रमण लगत्तै श्रीमानको अवस्था बुुझ्न उनी अस्पताल पुुगेकी थिइन् । एक विज्ञप्तिमा पेलोसीले प्रार्थना र न्यानो शुभकामनाले पेलोसीले स्वास्थ्य लाभ गरिरहेको उनले बताएकी छिन् ।
















रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु
लेबनानको दक्षिणी क्षेत्रमा आक्रमण बढ्दै, दर्जनौँ प्रभावित
FNJ marks World Press Freedom Day, argues free press a fundamental human rights
इरानको शान्ति प्रस्तावप्रति ट्रम्पको शङ्का, सम्भावित सैन्य कारबाहीको सङ्केत
ट्राफिक कारबाहीबाट २४ घण्टामा ५ लाख ६५ हजार राजस्व सङ्कलन
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया