सन्दीप लामिछानेले यसरी भेटेका थिए पीडित किशोरी (बयानसहित)

काठमाडौँ । बलात्कारको आरोपमा निलम्बित राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानले आफ्नो बयान दिएका छन् । उनले बयानमा उनले आफू निर्दोष रहेको जिकिर गर्दै पीडित भनिएकी किशोरीसँग यौन सम्बन्ध नराखेको बताए ।
प्रहरीले सोमबार अदालतमा पेश गरेको अभियोग पत्रमा सन्दीपले जाहेरीकर्ताकै आफूहरू नगरकोट गएको बताएका छन् । उनले फर्किएर काठमाडौँ आएपछि पीडित भनिएकी किशोरीकै आग्रहमा काठमाडौं इन होटलमा बसेको दाबी गरेका छन् । सन्दीपले पीडित भनिएको किशोरीले आफू १९ वर्ष पूरा भएको बारम्बार भनेको बताएका छन् ।
यो पनि पढ्नुहोस् : सन्दीप लामिछानेको बैंक खातामा कति छ रकम ?
‘मलाई आफू होस्टेलमा बसी १२ कक्षामा अध्ययन गर्दै गरेको र आफू १९ वर्षमा चलिरहेको कुरा बताएकी थिइन्,’ उनले भने, ‘बाटोमा जाँदै गर्दा भक्तपुरको दरबार स्क्वायर पुग्दा निजलाई मैले नगरकोट पुग्दा ढिलो हुन्छ, फेरि तिम्रो होस्टेल पनि बन्द हुन्छ, फेरि पनि यतैकतै खाजा खाउँ र फर्किउँ भन्दा निजले होइन, मेरो होस्टेल बन्द हुँदैन, जति बेला पनि खुला हुन्छ र मलाई नगरकोटबाट साँझको भ्यू अवलोकन गर्न पनि इच्छा रहेको भनेको हुनाले हामी नगरकोट गएका थियौं ।’
सन्दीपले आफूहरूबीच क्रिकेटर देव खनालको माध्यमबाट भेट भएको बताएका छन् ।
















बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
फेरि मौसम बदलीको अर्काे प्रणाली भित्रिँदै, काठमाडौँमा बुधबार वर्षा
कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै
राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
प्रतिक्रिया