बुधबार, चैत ४, २०८२

मोबाइल मार्केटिङ उद्योगलाई आकार दिइरहेका ट्रेण्डहरू

मेरोन्यूज २०७९ कार्तिक १४ गते १७:३८

काठमाडौँ । विद्यमान अवस्थामा मोबाइल मार्केटिङले पुरानो शैलीको एसएमएस मार्केटिङदेखि प्रविधिको विकससँगै थपिएका नयाँ आयमका स्थानीय(तहको विज्ञापन र एप मेसेञ्जर मार्केटिङजस्ता धेरै गतिविधिहरू समेट्दछ ।

Advertisement
nepal life insurencenepal life insurence

नयाँ अवसरहरूबाट धेरैभन्दा धेरै फाइदाहरू लिन मोबाइल मार्केटिङ व्यवसायले आफ्नो क्षमता र आन्तरिक ट्रेण्डहरू बुझ्न मद्दत गर्दछ ।

मोबाइल मार्केटिङमा चलिरहेका नयाँ ट्रेण्डहरू

१, मोबाइल उपकरणहरूको वृद्धि र उपभोक्ताहरूको इण्टरनेट पँहुच

ब्राण्डहरू आज सेवाग्राहीहरूको आवश्यकता पूरा गर्नका निम्ति उनीहरूको व्यवहारमा आइरहेको बदलावसँग मिल्ने मार्केटिङ रणनीतिहरू अपनाउन बाध्य छन् । वर्तमान परिप्रेक्ष्यमा यो सब कुनै नयाँ कुरा होइन जस्तो लाग्छ । यद्यपी, कतिपय व्यवसायहरूसँग आज पनि मोबाइल(मैत्री वेबसाइट वा एप नभएको अवस्था छ । र यो एउटा व्यवसायका निम्ति स्वस्थ पक्कै होइन किनकी उनीहरू पोर्टेबल उपकरणबाट किनमेल गर्ने उपभोक्ताको ठूलो जमातबाट बञ्चित भइरहनु परेको हुन्छ ।

आफ्नो वेबसाइट प्रतिकृयात्मक छ की छैन, साना स्क्रिनहरू अनुकूल छ की छैन भन्ने कुराको सुनिश्चित गर्न आवश्यक छ । यसबाहेक, आफ्ना उपभोक्ताहरूलाई मोबाइल एपको सुविधा पनि दिनुहोस् । व्यवसायहरूले ध्यानमा दिनुपर्ने अर्को कुरा भनेको मोबाइल प्रयोगकर्ताहरूलाई सब प्राथमिकतामा राखेर आफ्ना मार्केटिङ र विज्ञापन अभियानहरू डिजाइन गर्नु पनि हो ।

अन्त्यमा, आजको दिनमा व्यवसायहरूका निम्ति सबभन्दा महत्वपूर्ण कुरा भनेको मेसेन्जर एपको प्रयोग हो । यदि, तपाईँले मेसेन्जर एप चलाइरहनु भएको छैन भने उपभोक्ताहरूसँग जोडिने सबैभन्दा प्रभावकारी च्यानल छुटाइरहनुभएको छ ।

२, मोबाइल इण्टरनेटको वृद्धिले विज्ञापनका लागि नयाँपन

वेबसाइट प्रयोग गर्न, संसार मोबाइल उपकरणमा आश्रित भएको कुरालाई ध्यानमा राख्दै व्यवसायहरूले आफ्ना सेवाहरू मोबाइल प्लेटफर्ममा प्रमोट गर्न थालेका छन् । ब्राण्डहरू डेस्कटप अभियानमा मात्र आश्रित रहेन दिन अब रहेन । उनीहरूले आफ्ना ग्राहकहरू जहाँ छन् त्यहा पुग्न जरुरी छ ।

यसको मतलब, उनीहरूले साना स्क्रिनहरूलाई विशेष ध्यानमा राखेर विज्ञापन सृजना गर्नपर्ने आवश्यक्ता छ, जुन चुनौतीपूर्ण पनि छ । तर यो प्रयास उपलभ्य छ की मोबाइल प्रयोगकर्ताहरूको सङ्ख्या बढ्या मात्र नभएर उनीहरू उत्तिकै अनलाइनमा सक्रिय पनि रहने गर्दछन् ।

सजिलैसँग पढ्न र अर्थ लगाउन सकिने विज्ञापन सामाग्रीहरूको सृजना गर्नुहोस् । धेरैभन्दा धेरै मानिसहरूले इन्टरनेट चलाउन स्मार्ट फोन प्रयोग गर्ने भएकाले, ब्राण्डहरूले आफ्ना कन्टेण्ट उनीहरूलाई उपयुक्त छ की छैन भनेर निश्चित गर्न जरुरी छ ।

३, मोबाइल सपिङ र मोबाइल कमर्शमा वृद्धि

आजको दिनमा, मानिसहरूले कुनै पनि उत्पादन वा सेवाको बारेमा खोज्न, डिल र कुपन खोज्न र अनलाइनबाट खरिद गर्न परेमा स्मार्टफोन र ट्याबलेट प्रयोग गर्छन् । यस कारण, आफ्ना उत्पादनहरू प्रवर्द्धन गर्न ब्राण्डहरूले च्याटबट र मेसेन्जर सृजना गर्न र मोबाइल कमर्शमा आफ्नो धेरै समय र लगानी खर्च गरिरहेका छन् ।

विशेष सुविधायुक्त कम्यूनिकेशन प्लेटफर्म प्रयोग गर्दा ब्राण्डहरूलाई प्रभावकारी रूपमा आफ्ना ग्राहकहरूको आवश्यक्ता आपूर्ति गर्ने मौका मिल्दछ । उदाहरणका लागि, भाइबरले व्यवसायहरूलाई उनीहरूको मार्केटिङ यात्राको विभिन्न चरणहरूमा ग्राहकहरूसँग जोडिन अवसरहरू सृजना गर्दछ-विज्ञापन समाधानको साथ चेतना विकास गर्नेदेखि, कनभर्जन र सेल ड्राइभ गर्ने लगायत अन्तरक्रियामार्फत् ब्राण्डप्रतिको इमानदारितालाई समर्थन र पोषण गरी व्यवसायहरूलाई आफ्ना ग्राहकहरूसँग जोडिने अवसरहरू प्राप्त हुँदछ ।

मोबाइल सपिङ र मोबाइल कमर्शमा भइरहेको वृद्धि भनेको व्यवसायहरूका निम्ति उन्नती गर्ने ठूलो अवसर हो । मोबाइल सपिङ ग्राहकहरूका निम्ति सुविधाजनक हुनुको साथै उनीहरूलाई कुनै पनि समयमा कही पनि खरिद गर्ने क्षमता प्रदान गर्दछ । मोबाइलबाट खरिद गर्दा ग्राहकहरू सहज तरिकाहरू खोज्छन् र यी अपेक्षाहरू पूर्ति गर्न कम्पनीहरूका लागि महत्वको विषय हो ।

४, ग्राहकसम्म पुग्ने विकल्प

प्रथम कुरा, मेसेन्जर मार्केटिङ अत्यन्तै प्रभावकारी हुन्छ । दोस्रो, मेसेजिङ एपहरू मितव्ययी हुन्छनः यी एपहरू परम्परागत शैलीका च्यानल जस्तै टिभी र प्रिन्ट विज्ञापनभन्दा कम खर्चालु हुन्छ । र अन्त्यमा, तिनीहरू सरलसँग प्रयोग गर्न सकिन्छन् । तसर्थ, यदि तपाईँ ठूलो सङ्ख्यामा ग्राहकहरूसम्म पुग्न खोजिरहनु भएको छ भने सामाजिक सञ्जाल र मेसेजिङ एपहरूको साहारा पक्कै पनि लिनुपर्ने हुन्छ ।

आफ्नो क्याम्पेनमा मेसेजिङ एप समावेश गर्दा तपाईँको ब्राण्डले ग्राहकहरूसँग प्रत्यक्ष कुरा गर्न, समयमा अपडेट र विज्ञप्ति पठाउन, ग्राहक साहयता प्रदान गर्न र प्रमोशनल क्याम्पेनहरू सजिलैसँग सञ्चालन गर्न मद्दत गर्दछ ।

५, मोबाइल विज्ञापनमा वृद्धि

विशेष उपभोक्ता रुचि र व्यवहारमा आधारित विज्ञापनहरू लक्षित गर्ने क्षमताको साथ, मोबाइल मार्केटिङ अधिक निजीकृत हुँदै गइरहेको छ। यसले के निश्चित गर्छ भने मार्केटिङ मेसेजहरूको सान्दर्भिकता उपभोक्ताहरूको रुचिसँग मिल्ने, रमाइलो, ध्यान केन्द्रित गर्न सक्ने सामर्थ्य राख्दछन् । यस कारण, ब्राण्डहरूले थप प्रभावकारी विज्ञापन अभियानहरू सिर्जना गर्छन्, जसको परिणाम आइरहने ग्राहकहरू खुशी हुने सम्भावना बढी हुन्छ।
उदाहरणका लागि, भाइबरले व्यवसायहरूलाई विशेष रूपमा लक्षित र निजीकृत विज्ञापन सन्देशहरू डेलिभर गर्न, भएका ग्राहकहरूसँग जोडिन, इमानदारिता निर्माण गर्न । फलस्वरूप, ग्राहकहरू खुसी र सन्तुष्ट हुँदै तपाईँको ब्राण्डमा फर्किरहनेछन् ।

मार्केटिङको दुनियाँ हरपल गतिमान रहन्छ । हिजो जुन कुरा प्रभावकारी साबित भएको थियो आज त्यस्तो नहुन सक्छ, र आज जुन कुराले काम गर्छ भोलि त्यो बासी पनि हुन सक्छ । तसर्थ, मार्केटिङ प्रतिस्पर्धामा एक कदमअगाडि रहन नयाँ ट्रेण्ड र प्रविधिको बारे सचेत भइरहन जरुरी छ ।बजारको नयाँ ट्रेण्डहरू बुझेपछि, आफूले चाहेको जस्तो सेवाग्राहीमा पुग्न तपाईँले सबैभन्दा प्रभावकारी योजना र नीति अपनाइरहेको छ कि छैन भनेर समिक्षा गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया