बुधबार, चैत ४, २०८२

बोटको वोएभ प्रो ४७ नेपाली बजारमा

मेरोन्यूज २०७९ कार्तिक १४ गते १८:०२

काठमाडौँ । इम्याजिन मार्केटिङ लिमिटेड, भारतको वायरलेस हियरेबल ब्रान्डले (फ्ल्यागशिप ब्रान्ड बोयटअन्तर्गत सन् २०१९ देखि आर्थिक वर्ष २०२२ को दोस्रो त्रैमासिकको भोल्युमको हिसाबले) आफ्नो लाइनअपमा सुन्न र लगाउन मिल्ने उपकरणहरु चाडै नेपाली बजारमा ल्याउने जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

नेपालमा स्मार्टवाच र हियरेबलको बढ्दो मागसँगै इम्याजिन मार्केटिङ लिमिटेडले उच्च गुणस्तरका उत्पादनहरू सुपथ मूल्यमा उपलब्ध गराई ग्राहकहरूको विकासशील आवश्यकता पूरा गरेको छ ।

स्क्वायर डायल भएको वोएभ प्रो ४७, १.६९ इञ्च कलर एचडी डिस्प्लेमा पूर्ण क्यापेसिटिव टच र रेस्पोन्सिभ टच इन्टरफेस रहेको छ । यो डिस्प्लेमा गुणस्तर्य पिक्चर पाँच सय निस्ट ब्राइटनेस र विशाल दृश्य अनुभव प्रदान गर्दछ ।

यसको नवीनतम बोयट एएसएपी चार्ज टेक्नोलोजीको सात दिनसम्मको पावर ब्याकअप मात्र ३० मिनेटमा ० देखि १०० प्रतिशतसम्म चार्ज गर्दछ । वोएभ प्रो ४७ मा भएको आईपी ६७ ले यसलाई पसिना, पानी र धुलो प्रतिरोधी बनाउँछ । जसले यसलाई उत्कृष्ट फिटनेस पार्टनर बनाउँछ । यसको मूल्य छ हजार ४९९ रुपैयाँ रहेको छ ।

यसमा फिटनेस वाचका सुविधाहरू समावेश गर्नुका साथै स्पोर्टी र स्टाइलिश छन् । यसमा सात सय सक्रिय मोडहरू रहेका छन् । जसले तपाईंको निद्राको गतिविधिदेखि तपाईंको पोस्ट वर्कआउटको लागि क्यालोरी ट्र्याक गर्दछ । छिटो चार्ज हुने प्रविधिको साथ तयार पारिएको यो स्मार्टवाचलाई ३० मिनेटमै पूर्ण चार्ज गर्दछ ।

यो स्मार्टवाच स्पोर्टी १.६९” एचडी डिस्प्लेको साथ आउँदछ । जसमा ब्राइट र रेस्पोनसिभ टच इन्टरफेस रहेको छ । यसमा सय फेस अप्सन छन् । जसले तपाईंको भाइबलाई तपाईको घडीसँग हरेक दिन मिलाउन मद्दत गर्छ ।

टेलिटक प्रा.लि.का कार्यकारी निर्देशक प्रतीक जालान भने, ‘विगत केही महिनादेखि हामीले हाम्रा उपभोक्तालाई विभिन्न प्रकारका उत्पादनहरू र विशेष सेवाहरू प्रदान गर्न र हाम्रा सेवाहरू सुधार गर्न हामी लागि परेका छौँ, नेपालमा स्मार्टवाचको उच्च मागले हामीलाई बोयटको स्मार्टवाच र विभिन्न प्रकारका हियरेबल एसेसरिजको नयाँ लाइनअप नेपालमा लञ्च गर्न सक्षम बनाएको छ, हामीलाई विश्वास छ हाम्रा ग्राहकहरूले बोयटको उत्पादनको साथ कम मूल्यमा उत्कृष्ट गुणस्तरको अनुभवको आनन्द पाउनु हुनेछ ।’

प्रतिक्रिया