एनआइसी एसिया ग्रोथ र ब्यालेन्स्ड फन्डको नगद लाभांशमा मूल्य समायोजन
मेरोन्यूज
२०७९ कार्तिक १५ गते ९:५३
काठमाडौं । एनआइसी एसिया ग्रोथ र एनआइसी एसिया ब्यालेन्स्ड फन्ड दुवैको १३ प्रतिशत नगद लाभांशमा मूल्य समायोजन भएको छ ।
समायोजनपछि ग्रोथ फन्डको प्रतिइकाई ९ रुपैयाँ २५ पैसालाई आधार मानेर आज मंगलबारको पहिलो कारोबार खुल्नेछ ।सोमबारको अन्तिम कारोबार मूल्य १० रुपैयाँ ५५ पैसालाई आधार मानेर यसको मूल्य समायोजन गरिएको हो ।
ब्यालेन्स्ड फन्डको समायोजन पछिको मूल्य ८ रुपैयाँ ७८ पैसा कायम भएको छ । यसैलाई आधार मानेर मंगलबारको पहिलो कारोबार खुल्नेछ । सोमबारको अन्तिम कारोबार मूल्य १० रुपैयाँ ८ पैसालाई आधार मानेर यसको मूल्य समायोजन गरिएको हो । दुवै फन्डले १३ प्रतिशत नगद लाभांश प्रयोजनका लागि आज कात्तिक १५ गते बुक क्लोज गरेका छन् ।
सम्बन्धित

















One dies in motorcycle accident
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
दण्डपाणि–नन्दकुमारी अर्ज्याल पुरस्कार डा आचार्यलाई
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी
शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
प्रतिक्रिया