मंगलबार, माघ १३, २०८२

श्रीमतीको हत्या आरोपमा २९ वर्षीय युवक पक्राउ

मेरोन्यूज २०७९ कार्तिक १५ गते १७:१५

ललितपुर । श्रीमतीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगर २५ नख्खुडोल भैँसेपाटीमा डेरा गरी बस्ने गुल्मी इस्मा गाउँपालिका १ का २९ वर्षीय राम कुमाल रहेका छन् ।

श्रीमती २८ वर्षीया जमुना भन्ने वसन्ती कुमालको हत्या गरेको अभियोगमा कुमाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ । वसन्तीको कात्तिक १२ गते साँझ झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।

अनुसन्धानको क्रममा उनकै श्रीमान रामले हत्या गरेको खुलेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत ललितपुरबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया