सोमबार, वैशाख २१, २०८३

अरब लिगको सम्मेलन अल्जेरियामा सुरु

मेरोन्यूज २०७९ कार्तिक १६ गते १४:०६

अरब लिगको सम्मेलन अल्जेरियाको राजधानी अल्जियर्स्मा मङ्गलबार साँझदेखि सुरु भएको छ । यो अरब लिगको ३१ औँ शिखर सम्मेलन भएको बताइएको छ । यस सम्मेलनका मुख्य एजेण्डामा खाद्य सुरक्षा र इजरायल प्यालेस्टाइन रहेका बताइएको छ । यसअघि लिगको ३० औँ सम्मेलनको आयोजक राष्ट्र ट्युनिसिया रहेको थियो । ट्युनिसियाका राष्ट्रपति काइस साइदले अरब लिगको अध्यक्षता गरिरहेका थिए।

Advertisement
NiccNicc

मङ्गलबार साँझ अल्जियर्स्मा सो सम्मेलन सुरु भएपछि त्यसको अध्यक्षता उनले अल्जेरियाका राष्ट्रपति अब्देलमाजिद तोबेनोलाई हस्तान्तरण गरेका थिए। मङ्गलबार साँझको सो उद्घाटन सत्रमा सम्बोधन गर्दै अल्जेरियाका राष्ट्रपति सइदले अरब लिगको एकतामा जोड दिएका थिए ।उनले यस ३१ औँ सम्मेलनको नारा पनि पुनर्मिलन राखिएको भन्दै यस सम्मेलनले अरब राष्ट्रहरुका बीचमा पुनर्मिलन गराउने अपेक्षा गरिएको बताएका थिए । सो सत्रमा अल्जेरियाका राष्ट्रपति तोबेनोले अरब विश्व र समग्र विश्व नै अहिले विभिन्न जटिलताका साथ गुज्रिरहेका बेला अरब लिगको सम्मेलन सुरु भएको भन्दै यस सम्मेलनले अरबका समस्याहरुको समाधानका लागि विकल्प दिन सक्नुपर्ने बताए।

उनले हाल विश्वमा कोरोना भाइरसको समस्यापछि सुरु भएको आर्थिक मन्दीका साथै खाद्यान्न सङ्कटजस्ता विषयमा अरब विश्वले पनि सोच्नुपर्ने धारणा राखेका थिए । उनले हाल विश्वमै बढ्दो रुपमा रहेको खाद्यान्न सङ्कटको समाधानका लागि अरब विश्वले पनि आफ्नो अर्थतन्त्रमा गति दिँदै आपसमा सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिनुभएको समाचारमा जनाइएको छ । सो सम्मेलनमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस पनि सहभागी हुनुहुने बताइएको छ । साथै अन्य अरब देशका नेताहरुले सो सम्मेलनमा सहभागिता जनाउनुहुने समाचारमा जनाइएको छ ।

प्रतिक्रिया