सेञ्चुरी कमर्सियल बैंक र दराज केयमुबीच सम्झौता

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र दराज केयमु प्रा.लि.बीच बैंकमा खाता रहेका ग्राहकलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।
यो योजना नोभेम्बर ११, २०२२ (कार्तिक २५ गते)देखि लागू हुनेछ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख व्यापार प्रवर्धन अधिकृत शंकर केसी र दराज केयमु प्रा.लि.का तर्फबाट पेमेन्ट प्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गरेका छन् ।
बैंकमा खाता रहेका ग्राहकले दराजको ११.११ अभियानमार्फत अनलाइन सामान खरिद गर्दा बैंकको डेबिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २५ सयसम्मको छुट र क्रेडिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम २० प्रतिशत वा तीन हजारसम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त छुट प्राप्त गर्नका लागि ग्राहकले आफ्नो कार्डको ई कमर्स सेवा सुरु गर्नु पर्ने छ ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले १४८ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

















One dies in motorcycle accident
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
दण्डपाणि–नन्दकुमारी अर्ज्याल पुरस्कार डा आचार्यलाई
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी
शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
प्रतिक्रिया