मंगलबार, माघ १३, २०८२

दुई नाबालिकलाई सामूहिक बलात्कार गर्ने नौ जना पक्राउ

मेरोन्यूज २०७९ कार्तिक १७ गते १७:४५

काठमाडौँ । दुई किशोरीलाई अपहरण गरी सामूहिक बलात्कारमा संलग्न नौ जनालाई प्रहरीले रुरपन्देहीबाट पक्राउ गरेको छ ।

रुपन्देहीको कञ्चन गाउँपालिकामा भएको सांस्कृतिक कार्यक्रम हेरेर दाजुहरुसँगै फर्कने क्रममा मोटरसाईकलमा आएका १२–१३ जनाको समूहले दुई किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कारको आरोपमा रुपन्देहीको सैनामैना नगरपालिका ११ का १९ वर्षीय पदम कार्की, १६ वर्षीय परिवर्तित नाम एन टी, वर्ष १८ का बबी पाण्डे, वर्ष १५ को परिवर्तित नाम एस बि रहेका छन् ।

यस्तैm गैँडहवा गाँउपालिका ८ का १८ वर्षीय राहुल परियार, १७ वर्षीय परिवर्तित नाम पि एम, वर्ष २६ का राम बहादुर वि.क., वर्ष १६ का परिवर्तित नाम ए पस र वर्ष १४ का परिवर्तित नाम एस.एस. रहेका छन् ।

उनीहरूले १५ र १६ वर्षीया नाबालिकलाई तीन वटा मोटरसाइकलमा अपहरण गरी लगेका थिए । तीमध्ये ६ जनाको समूहले १६ वर्षीया नाबालिकलाई बलात्कार गरेका थिए ।

अन्य तीन जनाले १५ वर्षीया नाबालिकलाई देउराली सामुदायिक वनमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया