हुम्लामा औषधि अभाव, बिरामी परे मारमा

काठमाडौँ । ढुवानी समस्यका कारण हुम्ला जिल्ला अस्पतालमा औषधिको अभाव भएको छ । चालु आर्थिक वर्षमा औषधि खरिद तथा प्रदेशबाट आपूर्ति नहुँदा अभाव भएको हो ।
उपचारका लागि अस्पताल आएका बिरामी औषधिबिना फर्किने गरेका छन् । सिमकोट गाउँपालिका ८ का अनिल शाहीले अस्पतालमा औषधि नपाएर हैरान भएको बताइन् ।
भर्ना भएरै उपचार गरिरहे पनि औषधि भने बाहिरका निजी मेडिकल र फार्मेसीबाट ल्याउनु परेको उनले सुनाइन् । आफू जस्तै सातजना बिरामी अस्पतालमा भर्ना भएर उपचार गरिरहे सबैले औषधि बाहिरबाट किनेर ल्याउने गरेको सुनाइन् ।
स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले अस्पतालमा औषधिको नभएको बताए । अस्पतालको भण्डारमा औषधि नभएपछि बिरामीलाई चेकजाँच गरेर फिर्ता पठाउनु पर्ने अवस्था रहेको उनले बताए ।
विशेषगरी शल्यक्रिया गर्दा आवश्यक पर्ने औषधि, सुत्केरी गराउँदाका चाहिने औषधि, दम, निमोनिया, अन्य दीर्घरोगीले खाने औषधि नभएको उनले बताए । अस्पतालमा सबैभन्दा बढी प्रयोग हुने सिटामोल समेत केही दिनमै अभाव हुने उनले जानकारी दिए ।
यही अवस्था रहे अस्पतालले विनाऔषधि उपचार गर्नु पर्ने देखिएको छ। अस्पतालमा हालसम्म अघिल्लो आर्थिक वर्षको औषधि प्रयोग भइरहेको र नयाँ औषधि खरिद भएको भए पनि ढुवानी भएर आउन नसकेको बताए । अस्पतालको नाममा आएको १० लाख रुपैयाँबाट एक महिनाअघि औषधि खरिद गरेको तर ढुवानी समस्यले नेपालगन्ज नै रहेको बताए ।
नेपालगञ्ज विमानस्थलमा सात क्विन्टल अत्यावश्यकदेखि सबै खाले औषधि खरिद गरेर राखिएको भए पनि ढुवानी हुन सकेको अस्पतालले जनाएको छ । एयरलाइन्ससँग हारगुहार गर्दा पनि औषधि जस्तो संवेदनशील वस्तुसमेत ढुवानी गर्न नमानेको आरोप छ । प्रदेश आपूर्ति केन्द्र सुर्खेतसँग दुई महिनाअगाडि ७५ प्रकारका औषधि माग गरेर पठाए पनि अहिलेसम्म आउन सकेको छैन ।










आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल
ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया