किष्ट शिक्षण अस्पतालले गर्यो डेढ वर्षमा ५१ जनाको सफल मृगौला प्रत्यारोपण

काठमाडौं । किष्ट शिक्षण अस्पतालले विगत ११ वर्ष देखि मृगौला रोगीहरुलाई हेमोडाईलासिस सेवा प्रदान गर्दै आईरहेकोमा गत ४ वर्ष देखि विपन्न नागरिकहरुलाई निःशुल्क सेवा समेत प्रदान गर्दै आईरहेको छ । यस सेवाको साथै किष्ट अस्पतालले मृगौला प्रत्यारोपण सेवा विस्तारका लागि आफ्नो जनशक्ति एवं आवश्यक पूर्वाधार विकासमा साधन श्रोत जुटाएको छ ।
फलस्वरुप स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको अङ्ग प्रत्यारोपण समन्वय समितिको सचिवालयले २०७७ फागु न१८ गते किष्ट शिक्षण अस्पताललाई मृगौला प्रत्यारोपण कार्यको स्वीकृति दिएको थियो ।
त्यसपछि अस्पतालले २०७८ बैशाख ८ गते पहिलो मृगौला प्रत्यारोपण सफल रुपमा सम्पन्न गरेको थियो । त्यसयता अस्पतालले ५१ जना विरामीको शतप्रतिशत सफलताका साथ मृगौला प्रत्यारोपण गरेको अस्पतालले विज्ञेप्ती प्रकाशित गरी जनाएको छ ।
देश भित्रबाट मात्र नभई बिदेशमा रहेका नेपाली नागरिकहरु अमेरिका, जापान, डेनमार्क तथा मध्यपूर्वका देशहरुबाट समेत अस्पतालमा आई मृगौला प्रत्यारोपण गरेको अस्पतालले जनाएको छ ।











सन् २०२५ः भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष
कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया