चीनका राष्ट्रपति सी जिनपिङले सेनालाई भने – युद्धको लागि तयार रहनुहोस्
बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङले चीनको राष्ट्रिय सुरक्षाले बढ्दो अस्थिरताको सामना गरिरहेको बताएका छन् । उनले जनमुक्ति सेनालाई आफ्नो क्षमता अभिवृद्धि गर्न तथा युद्ध जित्नको लागि लडाईको तयारी कायम राख्न आदेश दिएका छन् ।
६९ वर्षीय सी तेस्रो पाँच वर्षे कार्यकालका लागि सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को महासचिव र केन्द्रीय सैन्य आयोग (सीएमसी) को प्रमुख र पीपुल्स लिबरेसन आर्मी (पीएलए) को समग्र उच्च कमाण्डरका रूपमा पुनः नियुक्त भएका छन् ।
पार्टीको प्रमुख, सेना र राष्ट्रपतिको तीन शक्तिशाली पदहरू धारण गर्ने पार्टीका संस्थापक माओत्सेतुङपछि सी एक मात्र नेता हुन् जसले १० वर्षे कार्यकाल पूरा गरेपछि पनि सत्तामा छन् । जबकि उनका सबै पूर्ववर्तीहरूले अवकाश लिएका थिए ।
मंगलबार सीले सीपीसी केन्द्रीय समिति र सीएमसीको रणनीतिक कमाण्डलाई महत्त्वपूर्ण सहयोग प्रदान गर्ने सीएमसीको संयुक्त परिचालन कमाण्ड सेन्टरको निरीक्षण गरे । कमाण्ड सेन्टरमा पुगेपछि चिनियाँ नेतालाई ब्रीफिङ दिइएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।














होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा
स्रोत नखुलेको रु २७ लाखसहित दुई जना पक्राउ
पहिराले मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरुद्ध
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया